शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन बहिष्कारको मागसहित आयोगको कार्यालय अगाडि नाराबाजी, ६ जना पक्राउ (तस्बिरहरु)

शनिबार, ०३ मङ्सिर २०७९, ०६ : १४
शनिबार, ०३ मङ्सिर २०७९

नेकपा (क्रान्तिकारी माओवादी) निकट नेता कार्यकर्ताहरुले निर्वाचन बहिस्कारको माग गर्दै निर्वाचन आयोग अगाडि प्रदर्शन गरेका छन् । 

निर्वाचन आयोगको केन्द्रीय कार्यालय, बहादुर भवन अगाडि भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । १५, २० जनाको समूहले निर्वाचन बहिष्कार गरौँ भन्दै नाराबाजी गरेका थिए । 

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार सो क्रममा ६ जनालाई पक्राउ गरि प्रहरी परिसर कार्यालय दरबारमार्गमा राखिएको छ । 

नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी पार्टीलयागतले आम निर्वाचन बहिस्कार गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप