बर्दियाको एक मतदानस्थलमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला
शनिबार, ०३ मङ्सिर २०७९, १२ : ०४

बर्दियाको एक मतदानस्थलमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला खटिएका छन् । गुलरिया नगरपालिका–८ महाकवि देवकोटा माविमा महिला मात्रै कार्यरत रहेको नमुना मतदान केन्द्रका मतदान अधिकृत रेविका अमात्यले जानकारी दिए ।
“मतदान केन्द्र र स्थलमा गरी अधिकृतसहित २४ कर्मचारी र सुरक्षाका लागि १४ महिला सुरक्षाकर्मी खटिनुभएको छ,” उनले भने । जिल्लामा करिब तीन हजार पाँच सय सुरक्षाकर्मी र झन्डै तीन हजार कर्मचारी खटिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको भनाइ छ ।
जिल्लामा कूल तीन लाख १५ हजार दुई सय ८४ मतदाता छन् । जिल्लामा एक सय ५४ मतदानस्थल र तीन सय ७६ मतदान केन्द्र छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पहिलो पटक यति धेरै बढ्यो राष्ट्रिय नाचघरको आम्दानी
-
थाइल्याण्ड र म्यानमारपछि यी देशहरूमा भूकम्पको धक्का
-
जनमत पार्टी र नागरिक उन्मुक्तिको एकता वैशाखमा
-
'राजसंस्था फर्काउँछु भन्नु र देहत्याग गरेका हजुरबालाई फर्काउँछु भन्नु उस्तै हो'
-
महिला तथा बालबालिकाका नाममा संघसंस्थाले लगे १ अर्ब २२ करोड