दक्षिण अफ्रिकाका ६८ प्रतिशत युवाहरू भेदभावको शिकार : संयुक्त राष्ट्रसंघ
दक्षिण अफ्रिकाका लगभग ६८ प्रतिशत युवाहरूले विद्यालयदेखि काम गर्ने स्थानदेखि लिएर सामुदायिक स्थलहरूमा समेत आफूहरू विरुद्ध हुने भेदभाव जीवनको एक नियमित हिस्सा जस्तै भएको गुनासो गरेका छन् ।
संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) ले शुक्रबार एक प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा जनाएको छ । उमेर, लिङ्ग, शिक्षा, आम्दानी र छालाको रङ्गका कारण भेदभाव हुने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यो प्रतिवेदन नोभेम्बर २० मा मनाइने विश्व बाल दिवसको केही अगाडि मात्र जारी गरिएको हो।
प्रतिवेदनका अनुसार करिब ८० प्रतिशत युवा उत्तरदाताहरूले भेदभावले उनीहरूको जीवन प्रगतिमा असर गरेको महसुस गरेका छन् । बालबालिका विरुद्धको हिंसाको स्तर र दक्षिण अफ्रिकामा युवा जीवनलाई असर गर्ने र भेदभाव गर्ने असमानतालाई तत्कालै सम्बोधन गरिनुपर्ने युनिसेफ दक्षिण अफ्रिका प्रतिनिधि क्रिस्टिन मुहिगानाले बताएका छन् ।
‘बालबालिका विरुद्ध हुने भेदभाव विरुद्ध हामी सबैले लड्नुपर्छ’। उनले भनिन्। ‘विश्व बाल दिवस हरेक बालबालिकाको अधिकारको लागि हाम्रो आह्वानलाई बलियो बनाउने क्षण हो’ उनले जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस