सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

किम जोङ उनले पहिलो पटक सार्वजनिक गरे आफ्नी छोरी

शनिबार, ०३ मङ्सिर २०७९, ०९ : ३६
शनिबार, ०३ मङ्सिर २०७९

उत्तर कोरियाका शासक किम जोङ उनले पहिलो पटक आफ्नी छोरी सार्वजनिक गरेका छन् । देशको सबैभन्दा ठूलो ब्यालेस्टिक मिसाइलको प्रक्षेपणको निरीक्षण गर्दै गर्दा किमले छोरीको हात समातिरहेका थिए ।

उत्तर कोरियाले शुक्रबार ह्वासोङ–१७ इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आइसीबीएम) परीक्षण गरेको सरकारी समाचार एजेन्सी केसीएनएले शनिबार जनाएको छ ।

कार्यक्रममा सबैभन्दा ठूलो आश्चर्य किमकी छोरीको उपस्थिति थियो । उनलाई पहिले कहिल्यै सार्वजनिक रुपमा देखिएको थिएन ।

केसीएनएले ती बालिकाको नाम बताएको छैन जो सेतो कोटमा आफ्नो बुवाको हात समातेर मिसाइल हेरिरहेकी छिन् । यसको फोटो सार्वजनिक गरिएको छ ।

‘किम जोङलाई पहिलो पटक कुनै सार्वजनिक कार्यक्रममा छोरीसँग देखिएको यो पहिलो घटना हो,’ वासिसङ्टन स्टिम्सन सेन्टरका उत्तर कोरियाली नेतृत्व विशेषज्ञ माइकल म्याडेनले बताए ।

किमका कम्तीमा तीन सन्तान भएको विज्ञ बताउँछन् । दुई छोरी र एक छोरी । तीमध्ये एकलाई सेप्टेम्बरको नेशनल होलिडेको उत्सव मनाइरहेका बेला देखिएको केहीले बताएका छन् ।

 


सन् २०१३ मा सेवानिवृत्त अमेरिकी बास्केटबल स्टार डेनिस रोडम्यानले किमकी छोरीको नाम जू ए भएको बताए । त्यस वर्ष उत्तर कोरियाको यात्रापछि रोडम्यानले गार्जियनसँगको कुराकानीमा उनले किम र उनको परिवारसँग समय बिताएको र बच्चालाई बोकेको बताए ।

‘जू ए लगभग १२–१३ वर्ष उमेर भएको अनुमान गरिएको छ, जसको अर्थ लगभग चार देखि पाँच वर्षमा उनी विश्वविद्यालयमा जान वा सैन्य सेवामा जाने तयारी गर्दैछिन्, ’ म्याडेनले भने ।

‘यसले उनलाई नेतृत्वमा जान शिक्षित र तालिम दिनेछ भन्ने संकेत गर्छ,  यो उनको लागि केन्द्रीय नेताको पद ग्रहण गर्ने तयारी हुन सक्छ वा उनी फूपू जस्तै सल्लाहकार र पर्दा पछाडिको खेलाडी बन्न सक्छिन,’ उनले भने ।

उत्तर कोरियाले किमलाई असक्षम भएको अवस्थामा उत्तराधिकारी को हुनेछ भनेर कहिल्यै घोषणा गरेको छैन । उनका साना छोराछोरीहरूका बारेमा केही विवरणहरू थाहा भएसँगै, विश्लेषकहरूले उत्तराधिकारी लिनको लागि पर्याप्त उमेर नहुँदासम्म उनकी बहिनी र वफादारहरूले स्थिति सम्हाल्छन् भन्ने अनुमान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप