शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुकेधारामा ट्रकको ठक्‍करबाट दम्पतीको ज्यान गयो

शनिबार, ०३ मङ्सिर २०७९, ०९ : १४
शनिबार, ०३ मङ्सिर २०७९

काठमाडौंको सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्‍कर दिँदा एक दम्पतीको ज्यान गएको छ । 

ना ३ ख ५२४७ नम्बरको ट्रकले प्रदेश ३–०२–००६४–९७ २७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा पर्साको ठोरी गाउँपालिका–७ का मोटरसाइकल चालक कुमार राई र मोटरसाइकलमा सवार राईकी श्रीमती मेनुकाको ज्यान गएको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो ट्रकले ठक्‍कर दिएपछि उनीहरूलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।  ट्रक चालक प्रहरीको नियन्त्रणमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप