कविता : मैले बुझ्न नसकेको मान्छे
झट्ट हेर्दा मैले पत्याइन
हुन त उ उही थियो
सायाको माहोलमा उ स्वयम्
कसैको छाया बोकेको
साया जस्तो देखियो
फेसबुकका पानाहरुमा
उसलाई ओल्टाइ पल्टाइ हेरें
अँह चित्त बुझेन
नीलो सागरको पानी जस्तो
सेतो हिउँ जस्तो
प्रायः कालो रात जस्तो
खै कस्तो न कस्तो
उसको पूर्ण प्रतिविम्व बनाउन सकिन
मेरा सोचका पहाडहरुले
हेरेर मान्छेको मन भित्रको मनोभाव
सर्लक्क उतार्न सक्ने
मेरा आँखा पराजित भए
बाहिर र भित्रको तालमेल नमिले जस्तो
उ र उसका तुफानी शब्द भयंकर थिए
उमेरको पाबन्दी थिएन
उ कहिले बामे सर्दै गरेको बालक जस्तो
कहिले तेज धावक जस्तो
कहिले थाकेको लखतरान बटुवा जस्तो
कहिले अल्लारेहरुको नाइके जस्तो
कहिले अनौठो चिन्तनको अगुवाजस्तो
लाग्थ्यो मलाई
उही मान्छे, अनेक रुपमा आउँछ
मेरो सोचको पर्दा च्यातेर फर्किन्छ
लेखाइलाई उ सिस्नो बनाउँछ
कहिले गुलियो रसबरी बनाउँछ
उ चलायमान छ, उसको लेखाइ जस्तै
कहिले लम्पसार परिदिन्छ,
सगरमाथाको टाउकोमा
कहिले झरनाको पानी जस्तो,
तीब्र बेगमा हुत्तिन्छ
मैले आजसम्म बुझ्न नसकेको मान्छे
चिन्न नसकेको मान्छे
समिपमै रहेर पनि ठम्याउन नसकेको मान्छे
आफैमा रहस्यमय, आफैमा खुल्ला किताब
राजु झल्लु प्रसाद ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एजुकेशन प्लानेटलाई दक्षिण एसियाका लागि प्रतिष्ठित ‘टप अफ द टावर’ अवार्ड
-
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
-
कम्बोडिया भ्रमण सकेर सभामुख घिमिरे स्वदेश फिर्ता
-
प्राइम सहकारी ठगीमा पक्राउ परेका एमाले नेता कारागार चलान
-
अवैध तरिकाले नेपाल प्रवेश गर्न खोज्ने दुईजना चिनियाँसहित ३ पक्राउ
-
देशद्रोहको आरोपमा जेल पठाइए बंगलादेशको इस्कोनसँग सम्बद्ध चिन्मय कृष्ण दास