उर्लाबारीमा दुई समूहबीच झडप, एक जना युवा गम्भीर
मोरङको उर्लाबारीमा शुक्रबार साँझ दुई समूहबीच झडप भएको छ । झडपमा एक जना युवा गम्भीर घाइते भएका छन् भने २ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । उर्लाबारी–६ स्थित तरल क्याफेअगाडिको बार्दलीमा उर्लाबारी–४ आइतबारेका कुमार लिम्बूको समूह र उर्लाबारी—६ का रजत थापा (मिथुन) समूहबीच झडप भएको मोरङ प्रहरीले जनाएको छ । कुमार लिम्बू नेकपा एमाले उर्लाबारीका नगर उपाध्यक्ष हुन् ।
मोरङ प्रहरीका एसपी शान्तिराज कोइरालाको अनुसार थापाको समूहले आक्रमण गर्दा उर्लाबारी—४ का गौतम तामाङको अवस्था गम्भीर छ । उनको बिर्तामोड स्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै, उर्लाबारी–७ का नितम चौहान र उर्लाबारी–८ का मिलन श्रेष्ठ पनि घाइतेको भएको एसपी कोइरालाले जानकारी दिए । उनीहरूको अवस्था सामान्य छ ।
थापा,चौहान र श्रेष्ठ बसिरहेको समयमा लिम्बूको समूह आएर उनीहरूमाथि धारिलो हतियारले आक्रमण गर्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ । घटनामा संलग्नको भएको आरोपमा प्रहरीले एमाले उर्लाबारीका नगर उपाध्यक्ष कुमार लिम्बूसहित उर्लाबारी–५ का आशंक लिम्बु र उर्लाबारी–६ का रजत थापालाई पक्राउ गरेको छ । पुराना रिसिइबीलाई लिएर लिम्बूको समूहले थापालाई आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
-
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सक्दो सहयोग गर्छु : मन्त्री जोशी
-
जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रु १६ अर्ब लगानी
-
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’
-
दाँतबाट खुल्यो जलाएर हत्या गरिएका विष्णुको पहिचान, घटना रहस्यमय