निरौलालाई फसाउन खोजियो : एमाले
![निरौलालाई फसाउन खोजियो : एमाले](https://rpcdn.ratopati.com/media/albums/a1_HJvBS9TjqL.jpg)
नेकपा (एमाले) काठमाडौँका अध्यक्ष एवं काठमाडौँ क्षेत्र नम्बर ५ (२) का प्रदेश सभा सदस्यका उम्मेदवार दीपक निरौलालाई योजनाबद्ध रूपमा फसाउन खोजिएको पार्टीले दाबी गरेको छ । निरौलासहित बुढानीलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोल शुक्रबार साँझ मतदातालाई पैसा बाँडेको आरोपमा बुढानीलकण्ठबाट पक्राउ परेका थिए ।
काठमाडौँ क्षेत्र नम्बर ५ निर्वाचन परिचालन कमिटीकी संयोजक शान्ति अधिकारीले एक विज्ञप्ति जारी गर्दै निरौला र डंगोल बुढानीलकण्ठमा लामो समयदेखि क्यान्सर रोगबाट पीडित पार्टीका शुभेच्छुक तोक्तान लामाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गएको दाबी गरेकी छिन् । विज्ञप्तिमा भनिएको छ, ‘राज्य संयन्त्रको दुरुपयोग गर्दै प्रहरी बोलाउने र पैसा बाँडेको भनी बदनाम गराउने जस्ता घृणित कार्य गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । पार्टी शुभेच्छुक समेत रहनुभएका आफ्नै छिमेकीलाई भेट्न जाँदा गरिएको यस्तो हर्कतको हामी भर्त्सना गर्न चाहन्छौँ ।‘
उनले प्रहरी प्रशासनको समेत दुरुपयोग गरिएकोमा यसको छानबिन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएकी छन् । विज्ञप्तिमा भनिएको छ, ‘कुनै तथ्य प्रमाणबिना गैरराजनीतिक कुरा गरी चरित्र हत्या गर्ने र चुनावी माहौल अन्तै मोड्ने हिसाबले यस घटना गरिएको छर्लंङ्ग छ । हामी आरोप लगाउनेहरूलाई पुष्टि गर्ने सबुद प्रमाण भए सप्रमाण आउन चुनौती दिन चाहन्छौँ । साथै, यस्ता घृणित, अराजनीतिक र हारको मानसिकताले चरित्रहत्या गर्न रचिएको योजनाबद्ध घटनाबाट प्रभावित नहुन समस्त मतदाता, शुभचिन्तक र पार्टी कार्यकर्ताहरूमा अपिल गर्न चाहन्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानातिना सुधारले मात्रै सहकारीको समस्या समाधान हुन सक्दैन : महासचिव गुरुङ
-
सीमा आभासका तीन कविता
-
यस्ता छन् आइतबार बस्ने प्रतिनिधिसभा बैठकका ४ कार्यसूची
-
माओवादी केन्द्रलाई कांग्रेसको जवाफ : संविधान संशोधन अग्रगमनका लागि हुन्छ
-
डुबानमा पर्यो बल्खुको तरकारी बजार, तस्बिरहरू
-
मधेस प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्री सिंहले मागे विश्वासको मत