प्रहरी प्रभाग बूढानीलकण्ठमा तनाव, कांग्रेस कार्यकर्ताद्वारा एमालेविरुद्ध नाराबाजी
नेकपा एमालेका प्रदेशसभा उम्मेदवार नै पैसा बाँडेको आरोपमा पक्राउ परेपछि प्रहरी प्रभाग बूढानीलकण्ठमा तनाव उत्पन्न भएको छ । कांग्रेस समर्थक कार्यकर्ता वृत्तमा पुगेर दोषीमाथि कडा कारबाहीको माग गर्दै नाराबाजी गरिरहेका छन् ।
कांग्रेस कार्यकर्ता ठूलो संख्यामा उपस्थित भइ नाराबाजी गर्न थालेपछि सो क्षेत्रमा प्रहरी सुरक्षा बढाइएको छ । शुक्रबार साँझ मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलासहित ३ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल छन् ।
उनीहरू हात्तिगौंगास्थित युरो स्कुल नजिकैबाट पक्राउ परेका हुन् । उनीहरूले पैसा बाँड्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको थियो । काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् । निरौला नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष समेत हुन् ।
पक्राउ परेकाहरूलाई प्रभागबाट महाराजगन्ज वृत्त लगेर थप अनुसन्धान गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने
-
मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको उछाल
-
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडका लागि ६ जना विद्यार्थी चीन प्रस्थान
-
चीनद्वारा पास्टर एज्रा जिन रिहा
-
अन्य क्षेत्रको तुलनामा बैंकको प्रतिफल न्यून छ : सीईओ ज्ञवाली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण