आचारसंहिता उल्लंघन गर्ने ६ सञ्चार माध्यमले गरे भूलसुधार
आगामी आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको स्थिर समयमा ३० सञ्चार माध्यमबाट आचारसंहिता उल्लंघन भएको प्रेस काउन्सिल नेपालले जनाएको छ । स्थिर अवधि सुरु भएको समय गएराती १२ बजेदेखि शुक्रबार अपराह्नसम्म आचारसंहिता उल्लङ्घन गरेकामध्ये ६ सञ्चार माध्यमले भूलसुधार समेत गरेका छन् ।
प्रेस काउन्सिल नेपालले आज जारी गरेको विज्ञप्तिअनुसार २ वटा रेडियो, ९ वटा पत्रपत्रिका, १५ वटा अनलाइन सञ्चार माध्यम र १ वेबपोर्टलबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको पाइएको हो । काउन्सिलले आचारसंहिता उल्लङ्घन गर्ने छापा माध्यमलाई स्पष्टीकरण माग गरी त्यस्ता सामग्रीको पुनरावृत्ति नगराउनेतर्फ सजग गराएको छ । यस्तै रेडियो र टेलिभिजनलाई क्षमा याचनासहित भुल सुधार गर्न र उक्त सामग्री पुनः प्रसारण नगर्न/नगराउन भनेको छ । अनलाइन सञ्चार माध्यमको हकमा तत्काल हटाइ काउन्सिललाई जानकारी गराउन निर्देशन दिइएको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
काउन्सिलको निर्देशनपश्चात् ६ वटा सञ्चार माध्यमले क्षमा याचनासहित सामग्री हटाइ आगामी दिनमा आचारसंहिता पालनामा थप सजगता अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । मतदान सम्पन्न हुन अझै ४८ घण्टा बाँकी रहेको भन्दै काउन्सिलले राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसारसम्बन्धी कुनै पनि समाचार सामग्री सम्प्रेषण नगर्न/नगराउन एवं आचारसंहिता पालनामा अझ संवेदनशील हुन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालाई अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'