जापानका प्रधानमन्त्रीद्वारा चिनियाँ राष्ट्रपतिसमक्ष ‘गम्भीर चासो’ व्यक्त
शुक्रबार, ०२ मङ्सिर २०७९, १८ : ०४

जापानका प्रधानमन्त्री फुमियो किशिदा र चिनियाँ राष्ट्रपति सी चिनफिङ बीच बैंककमा भेटवार्ता भएको छ । सो भेटमा प्रधानमन्त्री किशिदाले राष्ट्रपति सी समक्ष क्षेत्रीय सुरक्षाका मुद्दाहरूमा “गम्भीर चासो“ व्यक्त गरेका छन् । त्यहाँ उनीहरूबीच पहिलो आमनेसामने वार्ता भएको हो ।
“मैले सेन्काकु टापुहरूसहित पूर्वी चीन सागरको अवस्था, चीनबाट ब्यालेस्टिक मिसाइल प्रक्षेपणलगायतका सैन्य गतिविधिहरूमा पनि गम्भीर चिन्ता व्यक्त गरेको छु र मैले ताइवान स्ट्रेटको शान्ति र स्थिरताको महत्त्वमा जोड दिएको छु,“ किशिदाले पत्रकारहरू माझ भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सञ्चो’ कम्पनीमा २८ करोड क्षति : पुनः सञ्चालन सम्भव छ ?
-
हरेक दिन २० पुस-अप गर्नुहोस्, पाउनुहुनेछ ५ परिवर्तन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
कंगोको राजधानीमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु
-
छ वर्षपछि उत्तर कोरियामा प्योङयाङ म्याराथन, विदेशीहरूको पनि सहभागिता
-
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुका ७ फाइदा