सुरक्षा परिषदमा नयाँ स्थायी सिट सृजना गर्न बेलायत सहमत
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा नयाँ स्थायी सिट सृजना गर्न बेलायतले सहमति जनाएको छ । साथै उसले भारत, जर्मनी, जापान र ब्राजिललाई नयाँ सदस्यका रूपमा परिषदमा भित्र्याउन आफ्नो पूर्ण समर्थन रहको बताउँदै परिषद विस्तारका निम्ति आह्वान पनि गरेको छ ।
सुरक्षा परिषद सुधार सम्बन्धमा बिहीबार भएको वार्षिक बहसलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका लागि बेलायतका राजदूत बारबरा वुड वर्डले स्थायी र गैर–स्थायी सदस्यका लागि आफ्नो देशको समर्थन दोहोर्याइन् । उनले संयुक्त अधिराज्यले लामो समयदेखि सुरक्षा परिषदको स्थायी र अस्थायी सिट विस्तारको आह्वान गर्दै त्यसलाई समर्थन गरेको बताउँदै सुरक्षा परिषदको कुल सदस्यतालाई २० को हाराहारीमा पुर्याउने प्रस्तावमा पनि आफ्नो राष्ट्रको विमति नरहेको स्पष्ट गरिन् । “हामी भारत, जर्मनी, जापान र ब्राजिलका लागि नयाँ स्थायी सिटहरूको निर्माणका साथै परिषदमा स्थायी अफ्रिकी प्रतिनिधित्वको समर्थन गर्छौं,” उनले भनिन् ।
महासभाले आफ्नो वार्षिक बहसलाई वक्ताहरूले १५ सदस्यीय निकायलाई विस्तार गर्न र त्यसलाई पारदर्शी, समावेशी, प्रतिनिधिमूलक, जवाफदेही एवम् प्रभावकारी बनाउन अपील गर्दै आफ्नो वार्षिक बहस प्रारम्भ गरेको थियो ।
बहसमा भाग लिँदै संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले ब्राजिल, जर्मनी, जापानलगायत जी फोरका तर्फबाट मन्तव्य व्यक्त गर्दै चार दशकसम्म समतामूलक प्रतिनिधित्व पाएको परिषदमा ठोस काम हुन नसकेकामा खेद प्रकट गरिन् । लामो समयसम्म परिषदमा सुधार रोकिएकामा उनले चिन्ता व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने