साउदी जाने भारतीयहरुले अब पुलिस रिपोर्ट पेस गर्नु नपर्ने
भारतीय नागरिकले अब साउदी अरबको भिसा पाउनको लागि पुलिस क्लियरेन्स सर्टिफिकेट (पीसीसी) पेश गर्नुनपर्ने भएको छ । नयाँ दिल्लीस्थित साउदी दूतावासले बिहीबार ट्वीट गर्दै यो जानकारी दिएको हो । साउदी दूतावासले ट्वीटमा भनेको छ– ‘साउदी अरब र भारतबीचको बलियो सम्बन्ध र रणनीतिक साझेदारीलाई ध्यानमा राख्दै, भारतीय नागरिकलाई पुलिस क्लियरेन्स प्रमाणपत्र पेश गर्नबाट छुट दिइएको छ ।’
दुई देश बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रयासस्वरूप यो निर्णय गरिएको दूतावासले जनाएको छ । यो निर्णयपछि साउदी अरेबियाको भिसा पाउन सजिलो हुने अपेक्षा छ । साउदी अरबका वास्तविक शासक मानिने त्यहाँका युवराज मोहम्मद बिन सलमान यसै महिना भारत भ्रमणमा आउने कार्यक्रम थियो । आफ्नो प्रस्तावित भारत भ्रमणका क्रममा मोहम्मद बिन सलमानले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने कार्यक्रम थियो । तर प्रधानमन्त्री मोदीको पूर्वनिर्धारित कार्यक्रमका कारण यो भ्रमण तत्कालका लागि स्थगित भएको हो ।
पुलिस क्लियरेन्स सर्टिफिकेट के हो ?
पुलिस क्लियरेन्स सर्टिफिकेट पासपोर्ट धारकलाई जारी गरिएको कागजात हो । यस सरकारी कागजले राहदानी धारक कुनै फौजदारी मुद्दा वा कुनै किसिमको ठगी, कुटपिट, हत्या आदिमा संलग्न नभएको र निजविरुद्ध प्रहरी थानामा कुनै मुद्दा दर्ता नभएको उल्लेख गरिन्छ ।
कुनै व्यक्तिले आवासीय भिसा, रोजगार भिसा वा विदेश जानको लागि दीर्घकालीन भिसाको लागि आवेदन गर्दा यो प्रमाणपत्र आवश्यक हुन्छ । साउदी अरब भ्रमण गर्नेहरूलाई भने यो प्रमाणपत्र बनाइरहनु पर्दैनथ्यो ।
खाडी देशहरूमा ठूलो संख्यामा भारतीय
भारतीय विदेश मन्त्रालयका अनुसार करिब १.२५ करोड गैरआवासीय भारतीय (एनआरआई) २०० भन्दा बढी देशहरूमा फैलिएका छन् । यी ती व्यक्तिहरू हुन् जोसँग भारतीय राहदानी छ, तर तिनी सामान्यतः विदेशमा बस्छन् । यो १.२५ करोड भारतीयमध्ये पनि करिब ८७ लाख खाडी मुलुकमा मात्र रहेर काम अथवा व्यापार गर्छन् । करिब ३४ लाख भारतीय युनाइटेड अरब एमिरेट (युएई) मा मात्रै छन् । साउदी अरबमा करिब २६ लाख भारतीय बसोबास गर्छन् ।
भारत–साउदी सम्बन्धको महत्व
भारत र साउदी अरेबियाबीचको सम्बन्ध सुमधुर रहँदै आएको छ र यसलाई अझ मजबुत बनाउन दुवै देशले पहल गर्दै आएका छन् । अक्टोबर २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरबको भ्रमणमा गएका थिए ।
भ्रमणका क्रममा मोदीले अरब न्युज टिभीलाई दिएको अन्तर्वार्तामा साउदी अरबलाई दोस्रो घर बनाएका करिब २६ लाख भारतीयले सो देशको प्रगतिमा भारतलाई गर्व हुने बताएका थिए । उनले भारतीय आप्रवासीहरुले गर्दा दुई देश बीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बन्न सहयोग भएको बताएका थिए ।
खाडी मुलुकमा बसोबास गर्ने लाखौं भारतीयहरूले वर्षेनी अर्बौं डलर रेमिट्यान्सको रुपमा भारत पठाउँछन् । विश्व बैँकका अनुसार विदेशमा रहेका भारतीयहरूले गत वर्ष भारतमा ८७ अर्ब डलर पठाएका थिए र त्यसमा खाडी मुलुकमा काम गर्ने भारतीयहरूले ४५ प्रतिशतभन्दा बढी योगदान थियो । –बीबीसी हिन्दीबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश लिग : फाइनलमा काठमाडौँ र दोलखा भिड्ने
-
ट्रम्पको होटल अगाडि भएको विस्फोट न्यू ओर्लियन्सको आक्रमणसँग जोडिएको थियो ?
-
कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित
-
त्रिपाठीले मोर्चा बनाउन पहल थालेपछि राउत र चौधरीबिच एकताको गृहकार्य
-
जसपा नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति विभागमा नयाँ पदाधिकारी चयन
-
रास्वपाले तय गर्यो केन्द्रीय समिति बैठकका एजेण्डा