आयोगमा १४९ आचार संहिता उल्लंघनका उजुरी, कांग्रेस–एमालेका उम्मेदवार तामेलीमा, अरूलाई कारबाही !
प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि निर्वाचन कार्यक्रम सुरु भएयता निर्वाचन आयोगमा १४९ वटा आचारसंहिता उल्लंघनका उजुरी परेको छ । सो उजुरीमध्ये आयोगले २२ उजुरीमा निर्णय गरेको छ । आचारसंहिता उल्लंघनका उजुरीमा कांग्रेस र एमालेका उम्मेदवार विरुद्ध परेको उजुरी तामेलीमा राखिएको छ भने अन्य उम्मेदवार, शिक्षक, कर्मचारीलाई जरिवाना गरिएको छ ।
आयोगले झापा क्षेत्र नम्बर १ का कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माविरुद्ध आचारसंहिता उल्लंघन गरेको उजुरीलाई आयोगले तामेलीमा राखेको छ भने दाङ क्षेत्र नम्बर ३ की एमाले उम्मेदवार कोमल वलीविरुद्ध परेको आचार संहिता उल्लंघनको उजुरीलाई पनि आयोगले तामेलीमा राखेको छ । यस्तै कैलाली क्षेत्र नम्बर ४ बाट कांग्रेसबाट उम्मेदवार रहेका वीरबहादुर बलायर विरुद्ध परेको आचार संहिता उल्लंघनको उजुरीलाई पनि आयोगले तामेलीमा राखेको छ ।
यस्तै शहरी विकास मन्त्री मेटमणी चौधरी, दुग्घ विकास संस्थान, प्रेस काउन्सिल नेपाल विरुद्ध परेको उजुरीलाई पनि तामेलीमा राखिएको छ । आयोगले ८ उजुरीलाई तामेलीमा राखेको छ भने ७ वटा उजुरी परेका व्यक्तिलाई जरिवाना तिराउने कारवाही गरेको छ । हालसम्म कारबाही परेका विभिन्न पक्षबाट ५० हजार रूपैयाँ जरिवाना उठेको आयोग स्रोतले जानकारी दिएको छ ।
आयोगले शुक्रबार राजीव गुरुङ उर्फ दीपक मनाङेलाई २५ हजार रूपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । यसअघि आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार पुकार बमलाई ५ हजार रूपैयाँ जरिवाना गरेको छ । यस्तै जनता आधारभूत माविका शिक्षक जिवछ यादवलाई ५ हजार, शिक्षक तिलक कुँवरलाई ५ हजार, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अधिकृतलाई ५ हजार, बाराको एक स्थानीय तहका नगर प्रमुख जलेन्द्रसिंह जैसवाललाई २५ हजार र काठमाडौं महानगरका एक वडाअध्यक्ष मुकुन्द रिजाललाई ५ हजार रूपैयाँ जरिवाना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण