उत्पादनतर्फको दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको नतिजा प्रकाशित गरिएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले नतिजा प्रकाशित गरेको हो ।
प्रकाशित नतिजा अनुसार ८ हजार ७८५ जना उत्तीर्ण भएका छन् । उत्पादनमूलक क्षेत्रका लागि १८ हजार ५९५ जनाले आवेदन दिएका थिए । तीमध्ये १४ हजार ४३ जना परीक्षामा सहभागी थिए । यही २० भदौदेखि कात्तिक २० गतेसम्म दोस्रो चरणको कोरियन भाषा परीक्षा सञ्चालन भएको थियो ।
उत्तीर्ण भएका व्यक्तिहरूको रोजगार आवेदन फाराम वितरण तथा दर्ता कार्यको विस्तृत तालिका पछि प्रकाशित गरिने शाखाले जनाएको छ । अन्य परीक्षार्थीहरूले समेत आफ्नो प्राप्ताङ्क हेर्ने सकिनेछ । रोजगार आवेदन फाराम भर्नाका लागि प्रहरी प्रतिवेदन तथा स्वास्थ्य परीक्षणमा समेत सफल हुनु पर्ने शाखाले जनाएको छ । राहदानीको म्याद कम्तीमा पनि एक वर्षको हुनुपर्ने र कुनै “क“ वर्गको बैंकमा आफ्नै नाममा खाता खोली सो को प्रमाण एवं सम्बन्धित व्यक्तिको व्यक्तिगत इमेल ठेगाना अनिवार्य रूपमा पेश गर्नुपर्ने शाखाले जनाएको छ ।
कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु भनेको रोजगार आवेदन फाराम भर्न योग्य हुने भएको भन्दै यो कोरियामा रोजगारीको ग्यारेन्टी नभएको शाखाले प्रष्ट पारेको छ । यसअघि कृषि क्षेत्रका ८०० भन्दा बढी कामदार कोरिया पुगिसकेका छन् । नेपाल र कोरिया सरकारबीच सम्पन्न समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत नेपालले कोरियामा कामदार पठाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलन नरोक्ने अडानमा शिक्षक, सातबुँदे प्रस्ताव मन्त्रिपरिषद्मा लैजाँदै मन्त्रालय
-
अमेरिकासँग व्यापार सम्झौता गर्ने देशहरूलाई चीनको चेतावनी
-
पाल्पामा जिप दुर्घटनामा हुँदा १ जनाको मृत्यु
-
क्यानडा : अग्रिम मतदानमा कीर्तिमानी भोट खस्यो
-
काठमाडौँको शङ्खरापुरमा महिलाको हत्या, श्रीमान् फरार
-
संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै