बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपालले जित्यो यूएईविरुद्धको एकदिवसीय सिरिज

शुक्रबार, ०२ मङ्सिर २०७९, १५ : ४८
शुक्रबार, ०२ मङ्सिर २०७९

घरेलु टोली नेपालले पाहुना टोली यूएईविरुद्धको एकविदसीय  अन्तर्राष्ट्रिय सिरिज जितेको छ । शुक्रबार भएको सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले यूएईलाई ६ विकेटले हराउँदै सिरिज २–१ ले जितेको हो ।  

त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १७७ रनको लक्ष्य पछ्याएको नेपालले ४० ओभर १ बलम चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालले घरेलु भूमिमा पहिलो पटक दुई देशीय सिरिज जितेको हो । 

नेपालका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले अर्धशतकीय पारी खेले ।  ७३ बल खेलेका ज्ञानेन्द्रले ६४ रन बनाए । त्यस्तै ११९ बल खेलेका आसिफले ८८ रन बनाए । यूएईका लागि आयान खान र विलालले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । 

३१ ओभर १ बलमा ९ विकेट गुमाएको अवस्थामा यूएईका लागि आयान खान र हर्जराथ बिलालले ८३ रनको साझेदारी गर्दै टिमको स्कोर १७६ पुगाए । यूएईका लागि आयन अल्फाज खानले रनको अर्धशतकीय पारी खेले । ६३ बल खेलेका उनले ७ चौका र १ छक्काको सहयोगमा ५४ रन बनाए ।

त्यस्तै अलिसान सरुपले ३३ रन बनाउँदा रोहन मुस्तफाले २४ रन तथा बिलालले २० रनको योगदान गरे । नेपालका लागि गलसन झाँ, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले दुई–दुई विकेट लिए । त्यस्तै सोमपाल कामी र ललित राजवंशीले एक–एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप