नेपालले जित्यो यूएईविरुद्धको एकदिवसीय सिरिज
घरेलु टोली नेपालले पाहुना टोली यूएईविरुद्धको एकविदसीय अन्तर्राष्ट्रिय सिरिज जितेको छ । शुक्रबार भएको सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले यूएईलाई ६ विकेटले हराउँदै सिरिज २–१ ले जितेको हो ।
त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १७७ रनको लक्ष्य पछ्याएको नेपालले ४० ओभर १ बलम चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालले घरेलु भूमिमा पहिलो पटक दुई देशीय सिरिज जितेको हो ।
नेपालका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले अर्धशतकीय पारी खेले । ७३ बल खेलेका ज्ञानेन्द्रले ६४ रन बनाए । त्यस्तै ११९ बल खेलेका आसिफले ८८ रन बनाए । यूएईका लागि आयान खान र विलालले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।
३१ ओभर १ बलमा ९ विकेट गुमाएको अवस्थामा यूएईका लागि आयान खान र हर्जराथ बिलालले ८३ रनको साझेदारी गर्दै टिमको स्कोर १७६ पुगाए । यूएईका लागि आयन अल्फाज खानले रनको अर्धशतकीय पारी खेले । ६३ बल खेलेका उनले ७ चौका र १ छक्काको सहयोगमा ५४ रन बनाए ।
त्यस्तै अलिसान सरुपले ३३ रन बनाउँदा रोहन मुस्तफाले २४ रन तथा बिलालले २० रनको योगदान गरे । नेपालका लागि गलसन झाँ, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले दुई–दुई विकेट लिए । त्यस्तै सोमपाल कामी र ललित राजवंशीले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण