निर्वाचनलाई असर गर्ने कुनैपनि गतिविधि सह्य हुँदैन : गृह मन्त्रालय
गृह मन्त्रालयले निर्वाचनलाई असर गर्ने कुनैपनि गतिविधि नियन्त्रण गर्न सरकार सक्षम रहेको दाबी गरेको छ । शुक्रवार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह सचिव विनोद प्रकाश सिंहले भयरहित रूपमा मतदान सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको जनाए ।
उनले सुरक्षाका हिसाबले कुनै कमी नहुने भन्दै आवश्यक प्रबन्ध मिलाएको जानकारी दिए । त्यस क्रममा उनले हवाई र स्थल गस्ती हुने भन्दै त्यसको प्रबन्ध मिलाएको जानकारी दिए । कुनैपनि मतदान केन्द्रमा केही भए नेपाली सेनाको टोली बढीमा ३० मिनेटमा पुग्नसक्नेगरी व्यवस्था गरेको सचिव सिंहको भनाइ छ । उनले हवाई गस्तीका लागि नेपाली सेनाका हेलिकोप्टरका साथै निजी क्षेत्रका हेलिकोप्टर पनि तयारी अवस्थामा राखिएको जनाए ।
गृह मन्त्रालयले निर्वाचन विथोल्नसक्ने सम्भावित समूह र संगठन पहिचान गरेको र कतिपयलाई नियन्त्रणमा समेत लिएको जनाएको छ । ‘हिंसात्मक गतिविधि र क्रियाकलाप गर्ने व्यक्ति, समूह र संगठनलाई कानुनी दायरामा ल्याउने काम गरिरहेका छौं । कुनैपनि किसिमले मतदानलाई असर गर्ने, कर्मचारी, मतदाताको सुरक्षा, उम्मेदवार र मतदान सामग्रीको सुरक्षामा खतरा हुने कुरा सह्य हुनेछैन, त्यसलाई कडा रूपमा नियन्त्रण गरिन्छ’, गृह सचिव सिंहले पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनले भने, ‘केही समूह, केही दल हुन सक्छन् । लिस्टिङ छ । सुक्षम निगरानी गरिरहेको छ । निर्वाचनलाई असर गर्ने किसिमका गतिविधि नियन्त्रण गर्न हामी सक्षम छौ र यो निर्देशन स्थानीय तहमा पुगिसकेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण