बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीमा घरेलु मदिरा नष्ट गरिँदै

शुक्रबार, ०२ मङ्सिर २०७९, १४ : ४१
शुक्रबार, ०२ मङ्सिर २०७९

महोत्तरीमा  बिक्री वितरण भइरहेको घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । बर्दिबास नगरपालिकाको विभिन्न ठाउँमा बिक्री वितरण भइरहेको १८० लिटर मदिरा प्रहरीले बिहीबार राति नष्ट गरेको हो ।

मदिरा बिक्री वितरण गर्न निषेध गरेको अवस्थामा विभिन्न होटलमा बिक्री भइरहेको मदिरा जनप्रतिनिधि र स्थानीयको रोहवरमा नष्ट गरिएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए । निर्वाचन अवधिभर कुनै पनि अवाञ्छित क्रियाकलाप नहुन भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयमा यसअघि नै मदिरा बिक्री वितरण र ओसारपसारमा पूर्ण रूपमा रोक लगाइसकिएको छ ।

यसका बाबजुद पनि बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको हो । जिल्लाका चारवटै क्षेत्रमा प्रहरीहरू तैनाथ गरी मदिरा बिक्री वितरणको विषयमा निगरानी बढाइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष पोखरेलले जानकारी दिए ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप