सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सप्तरीमा सुरक्षा व्यवस्था चुस्त

शुक्रबार, ०२ मङ्सिर २०७९, १२ : ३५
शुक्रबार, ०२ मङ्सिर २०७९

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै सप्तरीमा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । जिल्लामा एक हजार छ सय ३७ नेपाल प्रहरी, तीन हजार दुई सय ७८ म्यादी प्रहरी, प्रत्येक पालिकमा दुई घुम्ती टोली र मतदानस्थलको घेराको सुरक्षा गरिएको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
     
चार  निर्वाचन क्षेत्रमा  प्रहरी नायब उपरीक्षकको कमान्डमा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । प्रहरीको गस्ती टोलीले सीमानाका विभिन्न स्थानमा सञ्चालनमा रहेका अवैध मदिरा भट्टीका साथै नेपाल–भारतको खुला नाकाका कारण हुनसक्ने आपराधिक क्रियाकलापलाई रोक्न सवारी जाँचमा पनि कडाइ गरेको छ । 

निर्वाचनलाई लक्षित गरी सवारी जाँचलाई कडाइसमेत गरिएको छ ।  प्रहरी नायब उपरीक्षक नरेश सिंहले उम्मेदवार र मतदाताको सुरक्षा व्यवस्था मिलाइएको बताए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप