बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

सेञ्चुरी बैंकको पदमपुर शाखा अब नयाँ ठाउँमा

शुक्रबार, ०२ मङ्सिर २०७९, १२ : १४
शुक्रबार, ०२ मङ्सिर २०७९

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले पदमपुर शाखा नयाँ ठाउँमा सञ्चालनमा ल्याएको छ ।  पदमपुर शाखा नयाँ ठाउँमा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठले समुद्घाटन गरी सेवा सञ्चालन गरिएको हो ।  उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख कर्जा अधिकृत राजेश भण्डारी लगायत बैंकका कर्मचारीहरू तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । 

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानहरूमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउन्टरहरु सञ्चालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १४८ छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप