यसपालिको निर्वाचन तडकभडक र खर्चिलो बनेन : मानवअधिकार आयोग
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशले अघिल्लो निर्वाचनको तुलनामा यसपटक तडकभडक, आमसभा र जुलुसमा न्यूनीकरण भएको निष्कर्ष निकालेको छ । आयोगले अघिल्लो निर्वाचनभन्दा आचारसंहिता उल्लंघनमा पनि कमी आएको निष्कर्ष निकालेको जनाएको हो ।
आयोगले २७–३० कात्तिकसम्म अनुगमनवाट प्राप्त विभिन्न १८ वटा सकारात्मक र नकारात्मक तथ्यलाई सार्वजनिक गरेको छ । निर्वाचन आचारसंहिता उल्लंघन न्यून भएको उल्लेख गर्दै आयोगको संयुक्त अनुगमन टोलीले भारतीय नम्बर प्लेटका गाडीहरू भने प्रचारप्रसारमा प्रयोग गरेको पाइएको जनाएको छ ।
अधिकांश मतदान केन्द्रहरु विद्यालय नै प्रयोग गरेको हुनाले आयोगले ध्यानाकर्षण जनाएको छ । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले निर्वाचनका कारण बालबालिका विद्यालय जान नपाएको विषयलाई गम्भीर रुपमा लिएको बताए ।
आयोगले सप्तरीको हातिगंगा भन्ने स्थान कोशीटप्पुबीच रहेकाले संवेदनशील क्षेत्र भएको निष्कर्ष निकाल्दै मतपेटिका मतगणनास्थलसम्म पुर्याउन हेलिकोप्टरको प्रयोग गर्नुपर्ने सुझाव दिएको छ ।
मधेस प्रदेशमा सुरक्षाका हिसाबले समेत खासै संवेदनशील नभएको आयोगले जनाएको छ । ‘सरकार विरोधी दलहरु प्रशासनको निगरानीमा भएको हुनाले अवाञ्छित गतिविधि नभएको पाइएको हो,’ अनुगमन टोलीकी सदस्य लिली थापाले भनिन् ।
अनुगमन आदिवासी जनजाती आयोगका रामबहादुर थापा, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापा, राष्ट्रिय समावेशी आयोगका सदस्य विष्णुमाया ओझा, मधेशी आयोगका कार्यालय प्रमुख मन्जु खतिवडा र सदस्य जिवछ साहले गरेका थिए ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण