शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फ्राइडे रिलिजमा बलिउड फिल्म ‘दृष्यम २’

शुक्रबार, ०२ मङ्सिर २०७९, ११ : ४२
शुक्रबार, ०२ मङ्सिर २०७९

आज शुक्रबारबाट हलमा बलिउडको नयाँ फिल्म ‘दृष्यम २’ रिलिज भएको छ । ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण कुनै पनि नेपाली फिल्म रिलिज नहुँदा ‘दृष्यम २’ ले सिंगल प्रदर्शन अवसर पाएको हो । यद्यपि देशभरका फिल्म हल भने यसले पाएको छैन । केही साता अगाडि प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’ र अघिल्लो साता प्रदर्शनमा आएको बलिउड फिल्म ‘उचाही’ ले अझ केही फिल्म हल ओगटेका छन् । 

‘दृष्यम २’ मलायलम फिल्मको हिन्दी रिमेक हो । अभिषेक पाठकद्वारा निर्देशित फिल्ममा अजय देवगण, तब्बू, अक्षय खन्ना, श्रेया सरन, इशिता दत्ता, सौरभ शुक्ला तथा मृणाल जाधव जस्ता कलाकारको अभिनय देख्न सकिन्छ ।
सस्पेन्स र ड्रामाले भरिएको यो फिल्मलाई फेमिली इन्टरटेन्मेन्टको रुपमा तयार पारिएको हो ।

फिल्म हल बन्द 
मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि  देशभरका फिल्म हल समेत बन्द हुनेछ । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै देशभरका फिल्म हल शनिबार साँझबाट सोमबार बिहान सम्मका लागि बन्द हुने चलचित्र संघका पूर्व अध्यक्ष मधुसूदन प्रधानले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप