मृत्युबारे स्ट्याटस लेख्दै बिदा भइन् कलाकार बिना, नजिकबाट चिन्नेको आयो यस्तो प्रतिक्रिया
काठमाडौं– कलाकार बिना थापाको बुधबार राजधानीको बत्तीसपुतलीमा भएको सडक दुर्घटनामा निधन भयो ।
बत्तीसपुतलीमा स्थित सडमा बा २ ख ८९४ नम्बरको पानी ट्याङकरले उनी सवार बा ५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएकी थापाको उपचारको क्रममा ट्रमा सेन्टरमा निधन भएको हो ।
को हुन् बिना ?
बिना चलचित्र क्षेत्रकी उदाउँदै गरेकी अभिनेत्री हुन् । गुल्मीको मुसिकोट गाउँपालिका–२ की २७ वर्षीया बिनाको पुरा नाम बिनाकुमारी थापा रहेको थियो । उनी चलचित्र क्षेत्रमा बिना थापाको नामले चिनिएकी थिइन् । गायक शिव परियार, लोक दोहोरी गायक गायिका रोहित खत्री र पुर्णकला बिसी लगायत केही गायक गायिकाको दर्जन बढी म्युजिक भिडियो र ‘कथा देश ३’ र ‘दरौदीको पानी’ लगायत केही नाटकमा समेत अभिनय गरेकी उनको चलचित्र यात्रा भर्खर सुरु भएको थियो ।
कलाकार अनुप बरालको एक्टर्स स्टुडियोमा उनले अभिनय प्रशिक्षण लिएकी थिइन् । ‘पिंजडा ब्याक अगेन’ र ‘शिरफूल’ उनले अभिनय गरेका चलचित्र हुन् । यी दुबै चलचित्र प्रदर्शनको तयारीमा रहेका छन् । केही चलचित्र अभिनयका लागि उनको कुरा भइरहेको थियो ।
बिनाले दुबई आयोजना भएका केही कार्यक्रममा समेत आफ्नो प्रतिभा देखाएकी थिइन् । गतसालको तीजको कार्यक्रममा दुबई पुगेकी उनी यस वर्षको तीज ‘बिशेष साँझ २०७४’ नामक सांस्कृतिक कार्यक्रमका लागि समेत दुवई पुगेकी थिइन् । दुबई कार्यक्रममा जाँदा उनलाई त्यहाँका नेपाली संघ संस्थाले सम्मान समेत गरेको थियो ।
नजिकबाट चिन्ने चलचित्र निर्देशक हिमाल केसी के भन्छन् ?
करिब ६ महिना अगाडि होला । बिना थापासँग मेरो भेट चलचित्र ‘पिंजडा ब्याक अगेन’ निर्देशनको क्रममा भएको थियो ।
चलचित्रका लागि म एक सपोटिङ आर्टिसको खोजीमा थिएँ । कलाकार भास्कर ढुङ्गाना मार्फत उनको र मेरो भेट भएको थियो । भारस्करले चलचित्र अभिनयका लागि मलाई भेटाएका थिए । पहिलो पटक देख्ने बितिकै मैले चलचित्रका लागि खोजेको क्यारेक्टर अनुसार नै उनलाई पाए । उनीसँग केही कुराकानी गर्दै चलचिधत्रको लागि फाइनल गरे ।
मेरो चलचित्रमा उनको भुमिका सपोटिङ कलाकारको थियो । चलचित्र अभिनयको सिलसिलामा चिनेको आधारमा भन्ने हो भने उनको बानी ब्यहोरा मलाई धेरै राम्रो लाग्यो ।
एउटा राम्रो कलाकारमा हुनुपर्ने सम्पूर्ण गुण मैले उनीमा पाएको थिए । सहनशील, कामप्रति जिम्मेवारीपन भएकी, समयको ख्याल गर्ने, सबैजनासँग राम्रो सम्बन्ध बनाउन सक्ने, मिलनसार, सजिलै जोसँग पनि घुलमिल गर्न सक्ने स्वभावकी थिइन् उनी ।
अभिनयको हिसावले भन्ने हो भने पनि राम्रो अभिनय क्षमता भएकी कलाकार थिइन् । जुनै भूमिकामा पनि न्याय गर्न सक्ने । प्रतिभावान अभिनेत्री भन्न रुचाउछु म उनलाई ।
काम गर्ने सिलसिलामा बिभिन्न महिला कलाकारले बिभिन्न नखरा देखाएको मैले देखेको भोगेको छु । तर उनी सिम्पल थिइन् । समयमै सेटमा आउथिन् । काम प्रति लगनशिल थिइन् । जे सिकाए पनि एकै पटकमा राम्रोसँग टिप्न सक्ने क्षमता उनको थियो ।
उनको दुर्घटनाको खबर जब सामाजिक सञ्जालमा फैलियो । मैले त पहिले विस्वास गर्न सकिनँ । केही साथीहरुसँग बुझेपछि पुष्टि भयो । मलाई अझै पनि उनी जीबित छिन् जस्तो लागिरहेको छ ।
मेरो चलचित्र ‘पिंजडा ब्याक अगेन’मा उनले एउटा गाउँकी चंचले केटीको भूमिका निर्बाह गरेकी छिन् । सपोटिङ कलाकारको भूमिका भएपनि राम्रो भूमिका छ, उनको । केही पहिले डबिङको सिलसिलामा पनि उनीसँग भेट भएको थियो । डबिङ पनि उनले राम्रोसँग सकाएकी थिइन् ।
उनको निधनले चलचित्र क्षेत्रले एउटा राम्रो, प्रतिभाशाली अभिनेत्री गुमाएको छ । यदि दुर्घटना नभएको भए चलचित्र क्षेत्रमा राज गर्न सक्थिन् ।
यस्तो थियो बिनाको अन्तिम स्टाटस
जिन्दगी के रहिछ तर मानवीय घमण्ड आखिर किन ? यस्तै कुराले मलाई पिरोल्छ । धेरैजसो पशुपतिनाथको दर्शन अनि त्यहाँको माहोलमा टोलाइरहन मन लाग्छ ।
त्यहाँको गतिविधि हेर्नको लागि म प्राय पशुपति जानेगर्छु । आफूलाइ फ्रेस बनाउन र केही बुझ्न, त्यहाँ बस्दा समय बितेको पत्तो पाउँदैन । मलाई लाग्छ । मृत्यु भयानक छ । तर ईमानदार छ । मानिसको ईमानदार मित्र कोहि छ भने त्यो मृत्यु हो । मृत्युले कहिले धोका दिँदैन ।
जन्मदेखि सँगै बस्ने र जाँदा सँगै लिएर जाने मृत्यु रहेछ । मृत्युको आफ्नै लय हुन्छ । जीवनको लय भन्दा फरक छ । मृत्यु सँधै दुःखदायी हुन्छ तर दुःखको कारण मृत्यु होइन, त्यो प्रेम हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ दिन थुनामा रहेका मन्त्रीले पाए क्लिनचिट, दुई अभियोगमा मुद्दा लाग्ने यी हुन् ११ प्रतिवादी
-
सुदूरपश्चिम रोयल्सका मेन्टर हज नेपालमा
-
बागमती प्रदेश खेलकुद परिषद्मा ४ जना सदस्य नियुक्त
-
अति संवेदनशील मतदान स्थलमा १६ जना प्रहरी परिचालन गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
-
कोशी प्रदेशका पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने यी हुन् ९ आधार
-
क्रिप्टो कारोबारमा मुछिएका ३३ जना धरौटीमा रिहा, तीन जना विदेशी नागरिक पूर्पक्षका लागि कारागार चलान