शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डीएभी कलेजद्वारा दीक्षान्त समारोह सम्पन्न

शुक्रबार, ०२ मङ्सिर २०७९, १० : २९
शुक्रबार, ०२ मङ्सिर २०७९

डीएभी कलेज अफ म्यानेजमेन्ट ललितपुरले बीबीए र बीबीएस विद्यार्थीहरु लक्षित दीक्षान्त समारोह भव्यरुपमा सम्पन्न गरेको छ । 

उक्त कार्यक्रम सोल्टी होटल काठमाडौँमा सम्पन्न भएको हो । कलेजद्वारा सम्प्रेषित विज्ञप्ति अनुसार बीबीएका चौधौँ ब्याच र बीबीएस का  पन्ध्रौँ व्याचका विद्यार्थीहरुलाई दीक्षित गरिएको थियो ।

दीक्षान्त समारोह शिक्षा क्षेत्र र कर्पोरेट क्षेत्रका लब्ध—प्रतिष्ठित व्यक्तित्वहरुको समुपस्थितिमा आयोजना गरिएको थियो । 

समारोहमा उपस्थित विद्यार्थीहरुलाई कलेजका अध्यक्ष अनिल केडिया, डीन व्यवस्थापन शंकाय त्रि।विका प्रा.डा. डिल्ली राज शर्मा, महालक्ष्मी विकास बैंकका सीईओ बोधिराज शर्मा, एसोसियट प्रा.डा. मनोज कुमार चौधरीलगायतले उच्च सफलताको शुभकामना दिए । उक्त दीक्षान्त समारोहमा अधिकांश सहभागिहरुले अध्ययनको दौरानमा आर्जन गरेको स्प्रिटलाई कार्यक्षेत्रमा अवलम्बन गर्न प्रेरित समेत गरे ।  

सहभागिहरुले डीएभी कलेज ज्ञान र संस्कारको संयोजनको आधारमा स्थापित रहेको र नवीनतम् प्रविधिलाई समेत उत्कृष्ट ढङ्गबाट प्रयोग हुने गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप