केकी अधिकारीले मागिन् गगन र प्रदीपलाई भोट
बिहीबार, ०१ मङ्सिर २०७९, २२ : ५६
अभिनेत्री केकी अधिकारीले कांग्रेसका दुई नेता गगन थापा र प्रदीप पौडेललाई भोट मागेकी छन् । कांग्रेस महामन्त्री समेत रहेका थापा काठमाडौं ४ र युवा नेता प्रदीप पौडेल काठमाडौं ५ मा प्रतिनिधिसभा उम्मेदवार रहेका छन् ।
बुधबार गगनको पक्षमा भोट मागेकी केकीले बिहीबार प्रदीपलाई भोट माग्दै आशा गरिएका नेतालाई जिताइनुपर्नेमा जोड दिएकी छन् ।
दुवै नेतालाई भोट माग्न उस्तै भाषा शैली प्रयोग गरेकी अधिकारीले भनेकी छन्, ‘हामीले हाम्रो नेतामा खोज्नुपर्ने गुणहरू जस्तै युवाको ऊर्जा, राजनीतिक अनुभव, इमानदारिता र दूरदर्शिता यी सम्पूर्ण गुणहरू मैले पाएको छु ।’ उनले दुबै उम्मेदवारलाई विजयको शुभकामना दिँदै उनीहरूको संसदमा प्रतिनिधित्व आवश्यक रहेको धारणा राखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्नुपर्छ : प्रचण्ड
-
युवा संघमा भाँडभैलो, निर्णय सच्याउन चेतावनी
-
बंगलादेशमा शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध
-
कर्णालीमा बालबालिका खोजतलास केन्द्र सञ्चालनमा
-
४२ लाख हुन्डीको रकमसहित न्युरोडबाड दुई जना पक्राउ
-
युवा पलायन रोक्नु आजको प्रमुख चुनौती : मुख्यमन्त्री लामा