समानुपातिक उम्मेदवारहरूलाई परिचय पत्र दिइने
बिहीबार, ०१ मङ्सिर २०७९, २१ : २८
यही मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनतर्फका समानुपातिक उम्मेदवारलाई परिचय पत्र दिइने भएको छ । प्रदेश तथा प्रतिनिधि सभाका समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारहरूलाई परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको निर्वाचन आयोगले जनाएको हो ।
समानुपातिकतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारहरूले परिचयपत्र माग्न आएमा उनीहरूलाई परिचय पत्र दिइने आयोगले जनाएको छ । परिचय पत्र माग्न आएका समानुपातिकतर्फका उम्मेदवारलाई प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले आफ्नो कार्यालयबाट जारी हुने परिचयपत्र बमोजिमको विवरणसहित तोकिएको ढाँचामा परिचय पत्र उपलब्ध गराउन मातहतका कार्यालयलाई निर्देशन दिएको समेत जनाएको छ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै