संयमित बनेर देश जोगाउने शक्तिलाई मतदान गरौं– केपी ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनस्तर उकास्नका लागि काम अघि बढाउने बताएका छन् । झापाको गौरीगञ्जमा आज आयोजित चुनावी सभामा उनले सो कुरा बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकको जीवनस्तर उठाउनका लागि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको बताए ।
अध्यक्ष ओलीले एमालेले महिलालाई महिनावारी हुँदा मासिकरूपमा रु एक हजार पाँच सय सेनिटरी प्याड किन्न दिने समेत बताए । “त्यसका लागि एमालेकै सरकार बन्नुपर्छ”, अध्यक्ष ओलीले भने, “एमालेको सरकार बनेपछि महिलाले त्यो समस्या भोग्नुपर्ने छैन ।”
पूर्वप्रधानमन्त्री ओलीले एमालेको नेतृत्वको सरकार हुँदा हुलाकी मार्ग निर्माण सुरु भएको बताए । उनले नागरिकताको समस्या, सुकुम्बासी समस्या अब समाधान गरिने बताए । “जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गरिनेछ”, उनले भने, “हामीले गैरनेपालीलाई नागरिकता नदिने भनेका हौँ ।”
अध्यक्ष ओलीले गौरीगञ्जलाई स्मार्ट सिटीका रूपमा विकास गरिने बताए । उनले हुलाकी राजमार्ग बनिसकेपछि गौरीगञ्जको विकास हुने समेत बताए । यस्तै ओलीले नदी नियन्त्रणका लागि काम भइरहेको बताए । अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् । गौरीगञ्जमा उनको अन्तिम चुनावी सभा हो ।
यसअघि झापा क्षेत्र नं १ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले मङ्सिर ४ गतेको निर्वाचनले देशको भाग्य र भविष्य निर्माण गर्ने हुँदा मतदातालाई संयमित बनेर देश जोगाउने शक्तिलाई मतदान गर्न आग्रह गरे ।
निर्वाचनबाट देश जोगाउने शक्ति आउनुपर्ने भन्दै उनले भने, “यसले जनताको भाग्य र भविष्यको फैसला गर्नेहुँदा बेलैमा होस पुर्याउनुस् ।” अध्यक्ष ओलीले एमाले एक थोक भन्ने र अर्को थोक गर्ने पार्टी नभएको जिकिर गर्दै अहिले आम मतदातालाई जे गर्छौं भनेको छ चुनावपछि त्यही गर्ने आश्वासन दिए ।
क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्व कानूनमन्त्री तथा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य अग्नि खरेल, प्रदेश (१) का सदस्यका उम्मेदवार तथा संविधान सभासदस्य रवीन कोइराला र (२) की उम्मेदवार राप्रपाकी सविना बजगाइँले कार्यक्रममा सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्रीको राणाको चीन भ्रमण स्वीकृत
-
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
-
सूर्य नेपाल सेन्ट्रल ओपन : तोरण विक्रम शाही शीर्षस्थानमा
-
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
-
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट
-
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन