सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रविधिमा युरोप चीनमाथि धेरै निर्भर भएकोमा फिनिस प्रधानमन्त्री चिन्तित

बिहीबार, ०१ मङ्सिर २०७९, २० : ४३
बिहीबार, ०१ मङ्सिर २०७९

फिनल्याण्डका प्रधानमन्त्री सान्ना मारिनले युरोप प्रविधिका लागि चीनमा धेरै निर्भर भएको र यस निर्भरताबाट सजग हुनुपर्ने चेतावनी दिएकी छन् । ‘इमानदार भएर भन्ने हो भने हामीहरू पहिले नै कमजोरी छौं । चिप्स वा सेमिकन्डक्टरजस्ता कुरामा हेर्यौं भने हामीहरू धेरै कमजोर छौं,’ मारिनले हेलसिन्कीमा वार्षिक स्टार्ट–अप कार्यक्रम ‘स्लश’मा बोल्दै भनिन् । 

मारिनले ‘युरोपले रुसी उर्जामा निर्भर रहँदाको बेफाइदाबाट पाठ सिक्नुपर्ने’ बताइन् । युरोपमा कोरोना महामारीको समयमा पनि आवश्यक चिकित्सा आपूर्तिको अभाव झेलेको थियो, जसको धेरै हिस्सा चीनबाट आपूर्ति भएको थियो । 
‘हामीसँग यी प्रविधिहरू निर्माण गर्ने क्षमता र ज्ञान छ भन्ने कुरा सुनिश्चित गर्नुपर्दछ । चीन वा कुनै पनि गैर प्रजातान्त्रिक विचार बोक्ने अधिनायकवादी देशहरूमाथि निर्भर हुनुहुन्न,’ मारिनले भनिन् ।  मारिनले युरोपलाई आर्टिफिसियल इन्टेलिजेन्स र क्वान्टम कम्प्युटिङजस्ता प्रविधिको नयाँ क्षेत्रको विकासमा थप लगानी गर्न आग्रह पनि गरिन् । 

‘म यो प्राविधिक पक्षबारे साच्चिकै चिन्तित छु । मलाई डर छ कतै हामी प्रविधि र डिजिटल समाधान र यी प्रविधिहरू निर्माण गर्न आवश्यक पर्ने कच्चा पदार्थहरूमा उस्तै गल्ती पो गरिरहेका छौं,’ उनले भनिन् । –रोयर्टसबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप