विभेद र असमानताविरुद्ध संघर्ष जारी रहन्छ : यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले उत्पीडित समुदाय र क्षेत्रमाथि भएको विभेद र आसमान्ताविरुद्ध संघर्ष जारी रहेको बताएका छन् । बिहीबार जसपा–नेकपा एमालेले सप्तरीको राजविराजमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
‘देशमा शासन व्यवस्था परिवर्तन भए तर जनताको अवस्थामा भने अझैँ परिवर्तन आउन सकेको छैन,’ सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका अध्यक्ष यादवले भने ‘देशमा चरम गरिबी, बेरोजगारी लगायतका समस्या जस्ताको त्यस्तै छन्, जातजाति र भूगोलको आधारमा भएको असमानतालाई अन्त गर्दै समृद्ध राष्ट्र निर्माणका लागि विभेद र भेदभावबाट जनता मुक्त हुनुपर्छ ।’
देशमा व्याप्त महँगी र बेरोजगारी समस्यालाई समाधानका लागि उद्योगधन्दा र कलकारखाना स्थापना गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष यादवले सप्तरीमा यसको आधार प्रारम्भ भइसकेकाले पूर्णता पाउनसाथ जिल्लाका हजारौँ युवाहरूले रोजगारी पाउने बताए । उनले ती विभेद अन्त्यका लागि अझैँ सङ्घर्षको आवश्यक रहेको बताए । ‘जनसङ्ख्याको आधारमा मधेसीको सहभागिता कम रहेको, नागरिकता सम्बन्धी समस्या अझैँ कायमै छ,’ उनले भने ।
कार्यक्रममा एमालेका पोलिटब्यरो सदस्य सुमनराज प्याकुरेलले सप्तरी–२ मा एमाले–जसपाका साझा उम्मेदवारहरू भारीमतले विजयी हुने दाबी गरे । सत्ता गठबन्धनका उम्मेदवार र जनमत पार्टीका अध्यक्षलाई कटाक्ष गर्दै नेता प्याकुरेलले व्यापारी र वैज्ञानिकले जनताको हकमा काम गर्न नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ लगायतका जिल्लामा हल्का वर्षा (भिडियो)
-
नयाँ दिल्लीको एक ‘बदनाम’ गल्ली, जहाँ दैनिक सरदर २० हजार थान कण्डम खपत हुन्छ
-
रत्नकुमार बान्तवासँगको मेरो त्यो अन्तिम भेट
-
चैत २९ देखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
-
प्रधानमन्त्रीले गरे पाणिनी तपोभूमि सम्मेलनको उद्घाटन
-
तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरियो : कमल थापा