विभेद र असमानताविरुद्ध संघर्ष जारी रहन्छ : यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले उत्पीडित समुदाय र क्षेत्रमाथि भएको विभेद र आसमान्ताविरुद्ध संघर्ष जारी रहेको बताएका छन् । बिहीबार जसपा–नेकपा एमालेले सप्तरीको राजविराजमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
‘देशमा शासन व्यवस्था परिवर्तन भए तर जनताको अवस्थामा भने अझैँ परिवर्तन आउन सकेको छैन,’ सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका अध्यक्ष यादवले भने ‘देशमा चरम गरिबी, बेरोजगारी लगायतका समस्या जस्ताको त्यस्तै छन्, जातजाति र भूगोलको आधारमा भएको असमानतालाई अन्त गर्दै समृद्ध राष्ट्र निर्माणका लागि विभेद र भेदभावबाट जनता मुक्त हुनुपर्छ ।’
देशमा व्याप्त महँगी र बेरोजगारी समस्यालाई समाधानका लागि उद्योगधन्दा र कलकारखाना स्थापना गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष यादवले सप्तरीमा यसको आधार प्रारम्भ भइसकेकाले पूर्णता पाउनसाथ जिल्लाका हजारौँ युवाहरूले रोजगारी पाउने बताए । उनले ती विभेद अन्त्यका लागि अझैँ सङ्घर्षको आवश्यक रहेको बताए । ‘जनसङ्ख्याको आधारमा मधेसीको सहभागिता कम रहेको, नागरिकता सम्बन्धी समस्या अझैँ कायमै छ,’ उनले भने ।
कार्यक्रममा एमालेका पोलिटब्यरो सदस्य सुमनराज प्याकुरेलले सप्तरी–२ मा एमाले–जसपाका साझा उम्मेदवारहरू भारीमतले विजयी हुने दाबी गरे । सत्ता गठबन्धनका उम्मेदवार र जनमत पार्टीका अध्यक्षलाई कटाक्ष गर्दै नेता प्याकुरेलले व्यापारी र वैज्ञानिकले जनताको हकमा काम गर्न नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण