जापानमा नेपालीको चक्कु प्रहारबाट हत्या
जापानमा एक नेपालीको चक्कु प्रहर गरी हत्या भएको छ । इसेसाकी सहरको अपार्टमेन्टमा बस्ने ४२ वर्षीय लक्ष्मीकुमारी बस्नेत अधिकारीको हत्या भएको जापानको सार्वजनिक सञ्चारमाध्यम एनएचकेले जनाएको छ ।
समाचार अनुसार चक्कु बोकेका एक व्यक्ति उक्त घटनास्थलबाट निस्केको देखिएको छ । स्थानीय प्रहरीले अभियुक्तको खोजतलास तीव्र बनाएको छ । बुधवार राति करिब ११ः३० बजे इसेसाकी सहरको ओटाचोमा रहेको सो अपार्टमेन्टमा बस्ने अर्को एकजनाले ‘कुनै समस्या भएको जस्तो देखिन्छ’ भनेर प्रहरीलाई जानकारी गराएसँगै घटना बाहिर आएको थियो ,।
प्रहरीले अपार्टमेन्टमा पुग्दा दोस्रो तल्लाको कोठाको प्रवेशद्वारमा रगत बगिरहेको अवस्थामा घाइते अधिकारीलाई भेटेको र उनलाई अस्पताल पुर्याइए पनि मृत्यु भएको थियो । प्राप्त जानकारी अनुसार मृतक अधिकारीको नेपालको घर बुटवल रहेको र माइती बागलुडको गलकोट रहेको बताइएको छ । मृतक अधिकारीको श्रीमान् जापानमा रहेका र उनको १७ वर्षीय छोरा नेपालमा रहेको आफन्तले बताएका छन् । प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धानका लागि आवश्यक सहयोग पुर्‍याइदिन मृतकको परिवारलाई आग्रह गरेको छ । जापानमा योसँगै यसै हप्ता ३ जना नेपालीको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण