डोटीमा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना, मतदान अधिकृत घाइते
बिहीबार, ०१ मङ्सिर २०७९, २० : १०

डोटीको बडीकेदार गाउँपालिकास्थित अत्तरकाँडामा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना भएको छ । बा.२ झ २२३५ नम्बरको जिप दुर्घटना भएको डोटीका एसपी राजेन्द्र धमलाले रातोपाटीलाई बताए ।
दुर्घटनामा परेर बडिकेदार–५ मार्कोट स्वास्थ्य चौकीमा रहेको मतदान स्थलमा खटिएका मतदान अधिकृत दिनेश सिंह रैखोला घाइते भएका छन् । रैखोला खुटिया बिपिनगर दिपायल सडका आयोजनाका इन्जिनियर हुन् ।
निर्वाचन सामग्री र कर्मचारीलाई वैकल्पिक सवारीको व्यवस्थापन गरेर मतदान स्थलमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हामीले आँखा र कान खोल्नुपर्छ, सहयोगका सीमा स्पष्ट पार्नुपर्छ : गोकुल बास्कोटा
-
प्रधानमन्त्री ओली भारत भ्रमणको निमन्त्रणाको पर्खाइमा हुनुहुन्छ : परराष्ट्रमन्त्री राणा
-
सात महिनामा चार अर्ब ३९ करोडको जुत्ता चप्पल आयात
-
‘कल्ली’को छायाङ्कन सुरु, उत्तम भन्छन्– ‘कथा यूनिक लागेर कमब्याक गरेँ’
-
धर्म र संस्कृतिलाई राजनीतिमा प्रवेश गराए भयंकर विवादको स्वरूप लिने भट्टराईको चेतावनी
-
एनप्याब्सनमा दुई समूहले छुट्टाछुट्टै महाधिवेशन गर्दै