नवलपरासी पश्चिमबाट मतदान अधिकृत पक्राउ
बिहीबार, ०१ मङ्सिर २०७९, १९ : ५४

पश्चिम नवलपरासीबाट प्रहरीले मतदान अधिकृतलाई पक्राउ गरेको छ । मुख्य निर्वाचन अधिकृतसँग अस्वाभाविक व्यवहार देखाएर विवाद गरेको आरोपमा सुनवल नगरपालिका–११ स्थित वाक्वाणी माध्यमिक विद्यालय सेमराह मतदानस्थलमा खटिएका मतदान अधिकृत पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रामग्राम नगरपालिका–४ जितपुर घर भएर पाल्हिनन्दन गाउँपालिका पशु शाखामा कार्यरत ५६ वर्षीय पृथ्वीराज चौधरी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री बुझ्ने क्रममा मापसे गरेर उनले मुख्य निर्वाचन अधिकृतसँग विवाद गरेको पश्चिम नवलपरासीका डिएसपी भोजराज पाण्डेयले जानकारी दिए । मुख्य निर्वाचन अधिकृतले उनको सट्टामा वैकल्पिक मतदान अधिकृत नियुक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलपत्र काठमाडौँ भ्युटावर, तस्बिरहरू
-
च्याम्पियन्स लिग फुटबल : रियलविरुद्ध गोल गरेपछि रोनाल्डो र नेमारको हाराहारीमा आर्सनलका राइसले
-
गण्डकीको हिउँदे अधिवेसन सकियो, लोकल रक्सी ब्राण्डिङ गर्ने सहित १० विधेयक ‘टेबुल’
-
च्यासलमा रग्बीको भिडन्त, तस्बिरहरू
-
संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’
-
नेपाल र बेलायतको न्यायिक प्रणाली