नवलपरासी पश्चिमबाट मतदान अधिकृत पक्राउ
बिहीबार, ०१ मङ्सिर २०७९, १९ : ५४
पश्चिम नवलपरासीबाट प्रहरीले मतदान अधिकृतलाई पक्राउ गरेको छ । मुख्य निर्वाचन अधिकृतसँग अस्वाभाविक व्यवहार देखाएर विवाद गरेको आरोपमा सुनवल नगरपालिका–११ स्थित वाक्वाणी माध्यमिक विद्यालय सेमराह मतदानस्थलमा खटिएका मतदान अधिकृत पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रामग्राम नगरपालिका–४ जितपुर घर भएर पाल्हिनन्दन गाउँपालिका पशु शाखामा कार्यरत ५६ वर्षीय पृथ्वीराज चौधरी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री बुझ्ने क्रममा मापसे गरेर उनले मुख्य निर्वाचन अधिकृतसँग विवाद गरेको पश्चिम नवलपरासीका डिएसपी भोजराज पाण्डेयले जानकारी दिए । मुख्य निर्वाचन अधिकृतले उनको सट्टामा वैकल्पिक मतदान अधिकृत नियुक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण