राजेन्द्र लिङ्देनविरुद्ध खनिए कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध खनिएका छन् । चुनाव प्रचारको अन्तिम दिन मकवानपुरको पदमपोखरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापा आफ्ना पुरानो सहकर्मी लिङ्देनविरुद्ध विश्वासघाती र अवसरवादी रहेको आरोप लगाउँदै आक्रामक रूपमा प्रस्तुत भएका हुन् ।
थापाले झापामा नेकपा एमालेको सहयोगको निम्ति याचना गर्ने लिङ्देनले मकवानपुरमा आएर (एमाले) विरुद्ध विषवमन गरेको आरोप लगाए । विगतमा आफूले केपी ओलीसँग अनुनय विनय गरेर राजेन्द्र लिङ्देनलाई जिताएको तर, केपी ओलीविरुद्ध संसदमा दुईपटक अविश्वास प्रस्ताव पेश हुँदा दुवै पटक अनुपस्थित भएर धोका दिएको उनले दाबी गरे ।
थापाले राप्रपाका उम्मेदवार दिपक सिंह देशीविदेशी शक्तिहरूको हतियारको रूपमा प्रयोग भएको समेत उल्लेख गरे । वर्तमान अवस्थामा गठबन्धनको अस्थिर सरकार भन्दा केपी ओली नेतृत्वको सरकार देशको निम्ति उपयुक्त रहेको राप्रपा नेपालका अध्यक्ष थापाले उल्लेख गरे ।
भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरूभन्दा त्यसकोविरुद्ध डटेर लडने, विदेशीले कव्जागरेको लिम्पियाधुरा विर्सने नेताहरु भन्दा चुच्चे नक्सा बनाउने केपी ओली र विदेशीको प्रेरणामा बनेको गठबन्धनभन्दा ओली नेतृत्वको सरकार मुलुकको बृहत्तर हितमा हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण