राजेन्द्र लिङ्देनविरुद्ध खनिए कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध खनिएका छन् । चुनाव प्रचारको अन्तिम दिन मकवानपुरको पदमपोखरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापा आफ्ना पुरानो सहकर्मी लिङ्देनविरुद्ध विश्वासघाती र अवसरवादी रहेको आरोप लगाउँदै आक्रामक रूपमा प्रस्तुत भएका हुन् ।
थापाले झापामा नेकपा एमालेको सहयोगको निम्ति याचना गर्ने लिङ्देनले मकवानपुरमा आएर (एमाले) विरुद्ध विषवमन गरेको आरोप लगाए । विगतमा आफूले केपी ओलीसँग अनुनय विनय गरेर राजेन्द्र लिङ्देनलाई जिताएको तर, केपी ओलीविरुद्ध संसदमा दुईपटक अविश्वास प्रस्ताव पेश हुँदा दुवै पटक अनुपस्थित भएर धोका दिएको उनले दाबी गरे ।
थापाले राप्रपाका उम्मेदवार दिपक सिंह देशीविदेशी शक्तिहरूको हतियारको रूपमा प्रयोग भएको समेत उल्लेख गरे । वर्तमान अवस्थामा गठबन्धनको अस्थिर सरकार भन्दा केपी ओली नेतृत्वको सरकार देशको निम्ति उपयुक्त रहेको राप्रपा नेपालका अध्यक्ष थापाले उल्लेख गरे ।
भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरूभन्दा त्यसकोविरुद्ध डटेर लडने, विदेशीले कव्जागरेको लिम्पियाधुरा विर्सने नेताहरु भन्दा चुच्चे नक्सा बनाउने केपी ओली र विदेशीको प्रेरणामा बनेको गठबन्धनभन्दा ओली नेतृत्वको सरकार मुलुकको बृहत्तर हितमा हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको ८०० बढी विद्यालयमा नर्ससेवा, दुर्गममा किन टिक्दैनन् ?
-
शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
औद्योगिक ग्राम सञ्चालन कार्यविधि : ३० वर्ष मुनिका युवा उद्यमी र घरेलु उद्योगलाई प्राथमिकता
-
‘माया के हो ?’मा आकाश र उगेनकाे रोमान्स
-
'नयाँ सहमतिको लागि आन्दोलन गरेका होइनौँ, पुरानै सहमति सम्बोधन होस्, वार्ताको औचित्य छैन'