‘भेलु बाजे’ र ओली एउटै हैसियतमा : पन्चा सिंह
अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष पन्चा सिंहले एमाले अध्यक्ष केपी शर्मा ओली र ‘भेलु बाजे’को हैसियत एउटै भएको बताएकी छन् । बिहीबार सत्तारुढ गठबन्धनले प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना गरेको चुनावी सभामा उनले यस्तो बताएकी हुन् ।
‘नेपाली रङ्गमञ्चमा आज दुई जना पात्र भाइरल भइरहेका छन्, एउटा एमाले अध्यक्ष ओली र अर्को भेलु बाजे,’ उनले भनिन्, ‘भेलु बाजेको रङ्गमञ्चमा नाटक गर्ने पेसा हो भने ओली राजनीतिक हैसियतबाट च्युत भएर भेलु बाजेको हैसियतमा हुनुहुन्छ र भेलु बाजेको हैसियतबाट नाटक मञ्चन गरिरहनुभएको छ ।’
सिंहले ओलीले गठबन्धनको भविष्यवाणी गरिरहेको भन्दै एमालेकै ध्यान दिन सुझाव पनि दिइन् । उनले भनिन्, ‘उहाँ (ओली)ले भविष्यवाणी गर्दै हुनुहुन्छ । गठबन्धन होइन, एमालेको आयु सकिएको छ, त्यो आज होइन जतिबेला ओली बालुवाटारबाट बालकोट गएका थिए, त्यही दिन सकिएको हो ।’
राजनीतिक नेतृत्वबाट च्युत भएर भेलु बाजेको हैसियतमा प्रवेश गरेका ओलीले गठबन्धनको भविष्यवाणी गर्नुको औचित्य नरहेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर