जनताका समस्या नै मेरा समस्या हुन् : मन्त्री पौडेल
बिहीबार, ०१ मङ्सिर २०७९, १९ : १४

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनताका समस्या नै आफ्ना समस्या भएको बताएका छन् । बिहीबार गलकोट नगरपालिकामा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै जनताको समस्यासँग आफू परिचित भएको बताउँदै जनताको समस्या नै आफ्ना समस्या भएको बताए ।
उनले लामो आन्दोलन र बलिदानीबाट प्राप्त भएको उपलब्धिको रक्षाका लागि बाम लोकतान्त्रिक शक्ति एक ठाउँमा हुनुपरेको उल्लेख गरे । विपक्षीले अर्ग्यानिक उम्मेदवारको हल्ला चलाएको बताउँदै बागलुङको विकाशका लागि धेरै काम गरेको दाबी गरे ।
“विपक्षीले केही नपाएर अर्ग्यानिक उम्मेदवारको हल्ला चलाएका छन्, म यहीँ बागलुङको माटोमा जन्मिएको हुँ,” उनले भने, “विपक्षीलाई ठाडो चुनौती दिनचाहान्छु जिल्लाको विकाशका लागि मेरो जति भूमिका विपक्षीको छैन ।” उनले जिल्लाका ६ वटै सिट गठबन्धनले अत्यधिक मतले जित्ने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिडियो विवादित भएपछि सुरवीरले मागे माफी
-
कान्सको मार्केटमा नेपाली फिल्म ‘एक्लो’
-
५२ संवैधानिक नियुक्तिविरूद्धको रिट हेर्दाहेर्दैमा
-
दुई दशकपछि नेपथ्यले ल्यायो कर्णालीको गीत
-
‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल’ का चार विजेता घोषित
-
सहमति अनुसार शिक्षा ऐन नआए राहत शिक्षकहरूले ‘गर या मर’ को आन्दोलन गर्ने