बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जनताले मैले गरेको संघर्षको मूल्यांकन गर्नेछन् : अध्यक्ष यादव

बिहीबार, ०१ मङ्सिर २०७९, १९ : ०३
बिहीबार, ०१ मङ्सिर २०७९

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेसी जनताले आफूले गरेका संघर्षको मूल्यांकन गर्ने बताएका छन् । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका यादवले बिहीबार राजविराजमा आयोजित संयुक्त चुनावी ¥यालीको सम्बोधन गर्दै  यस्तो बताएका हुन् ।

विकास विरोधी शक्तिहरूले आफ्ना बारेमा दुष्प्रचार गरिरहेको भन्दै जनताले सबै कुरा बुझिरहेको उनले बताए । उनले जनताले आफ्नो संघर्ष देखेको र त्यो संघर्षलाई ब्यालेट मार्फत् मूल्यांकन गर्ने पनि बताए ।सप्तरीमा आफ्नो अगुवाइमा विकासका काम अघि बढेको स्मरण गराउँदै उनले निकट भविष्यमा यस जिल्लालाई सबै तरिकाले नमूना बनाउने गरी आफू अघि बढेको बताए । अध्यक्ष यादवले अगामी पाँच वर्षे कार्यकालमा मुलुककै सबैभन्दा पिछडिएको मधेस प्रदेश र त्यसमा पनि सप्तरीले नयाँ स्वरुप पाउने बताए ।  

कार्यक्रमको सम्बोधनमा उनले सप्तरी नेपालकै सबैभन्दा ठूलो मेडिकल क्षेत्रको हब बन्ने र कृषि विश्वविद्यालयले यस क्षेत्रको परिवर्तन हुने बताए । मधेस आन्दोलनबाट प्राप्त उपलब्धि आफूले संस्थागत गरी छाड्ने समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप