'जग्गासम्बन्धी विवादमा प्रदीप पौडेलका बुबाको संलग्नता देखिएन'
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलका बुबा डिल्लीरमणसँग जोडिएर आएको जग्गासम्बन्धी विषय निराधार भएको पुष्टि भएको छ । मालपोत कार्यालय तनहुँले प्रदीपका बुबा संलग्न भनि आएको जग्गाको कुनै विवरण फेला नपरेको जानकारी दिएको हो ।
मालपोत प्रमुख चिरञ्जीवी पौडेलद्वारा हस्ताक्षरित पत्रमा जग्गाको विवरण खोजी गर्दा फेला नपरेको उल्लेख छ । कार्यालयको मोठ, रोक्का र कम्प्युटर फाँटमा भिडाएर हेर्दा डिल्लीरमण पौडेलका नाममा कुनै पनि विवरण फेला नपरेको हो ।

तनहुँको साविक ढोरफिर्दी–३ तथा हालको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ स्थित ढोरफिर्दी ३।ख कित्ता नम्बर १३९१ को क्षेत्रफल जग्गा पौडेलका बुबाको नाममा भएको दाबी गर्दै विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए । पौडेलको परिवारै संलग्न नभएको यो विषय बाहिरिएपछि पौडेलले मालपोत कार्यालय तनहुँमा यथार्थ जानकारीका लागि निवेदन दिएका थिए ।
सोहीअनुसार मालपोत कार्यालयले दिएको जवाफमा भनिएको छ, ‘प्रस्तुत विषयमा तपाईंले साविक ढोरफिर्दी–३ हालको शुक्लागण्डकी नपा वडा नं ८ स्थित ढोरफिर्दी ३।ख कि.नं. १३९१ को क्षेत्रफल एक रोपनी जग्गा सोही वडा निवासी डिल्लीरमण पौडेलको नाममा भए नभएको स्पस्ट पारिदिनुहुन भनी दर्ता नं ४७२२ मिति २०७९।०७।२७ बाट यस कार्यालयमा निवेदन दिनु भएकोमा, डिल्लीरमण पौडेलको नाममा ढोरफिर्दी ३।ख कि.नं. १३९१ को जग्गाको विवरण खोजी गर्दा फेला नपरेको भनी यस कार्यालयको मोठ रोक्का र कम्प्युटर फाँटबाट भिडी आएको हुँदा सोही ब्यहोरा अनुरोध छ ।’
मालमोत कार्यालयले पौडेल नजोडिएको पुष्टि गरेसँगै चुनावको मुखमा उनीमाथि निराधार आरोप लगाइएको पुष्टि भएको हो ।
यसैबीच पौडेलविरुद्ध भ्रामक समाचार प्रकाशन गर्ने सञ्चारमाध्यमलाई कारवाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिललाई निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण