बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

'जग्गासम्बन्धी विवादमा प्रदीप पौडेलका बुबाको संलग्नता देखिएन'

बिहीबार, ०१ मङ्सिर २०७९, १८ : ३७
बिहीबार, ०१ मङ्सिर २०७९

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलका बुबा डिल्लीरमणसँग जोडिएर आएको जग्गासम्बन्धी विषय निराधार भएको पुष्टि भएको छ । मालपोत कार्यालय तनहुँले प्रदीपका बुबा संलग्न भनि आएको जग्गाको कुनै विवरण फेला नपरेको जानकारी दिएको हो । 

मालपोत प्रमुख चिरञ्जीवी पौडेलद्वारा हस्ताक्षरित पत्रमा जग्गाको विवरण खोजी गर्दा फेला नपरेको उल्लेख छ । कार्यालयको मोठ, रोक्का र कम्प्युटर फाँटमा भिडाएर हेर्दा डिल्लीरमण पौडेलका नाममा कुनै पनि विवरण फेला नपरेको हो । 

तनहुँको साविक ढोरफिर्दी–३ तथा हालको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ स्थित ढोरफिर्दी ३।ख कित्ता नम्बर १३९१ को क्षेत्रफल जग्गा पौडेलका बुबाको नाममा भएको दाबी गर्दै विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए । पौडेलको परिवारै संलग्न नभएको यो विषय बाहिरिएपछि पौडेलले मालपोत कार्यालय तनहुँमा यथार्थ जानकारीका लागि निवेदन दिएका थिए । 

सोहीअनुसार मालपोत कार्यालयले दिएको जवाफमा भनिएको छ, ‘प्रस्तुत विषयमा तपाईंले साविक ढोरफिर्दी–३ हालको शुक्लागण्डकी नपा वडा नं ८ स्थित ढोरफिर्दी ३।ख कि.नं. १३९१ को क्षेत्रफल एक रोपनी जग्गा सोही वडा निवासी डिल्लीरमण पौडेलको नाममा भए नभएको स्पस्ट पारिदिनुहुन भनी दर्ता नं ४७२२ मिति २०७९।०७।२७ बाट यस कार्यालयमा निवेदन दिनु भएकोमा, डिल्लीरमण पौडेलको नाममा ढोरफिर्दी ३।ख कि.नं. १३९१ को जग्गाको विवरण खोजी गर्दा फेला नपरेको भनी यस कार्यालयको मोठ रोक्का र कम्प्युटर फाँटबाट भिडी आएको हुँदा सोही ब्यहोरा अनुरोध छ ।’ 

मालमोत कार्यालयले पौडेल नजोडिएको पुष्टि गरेसँगै चुनावको मुखमा उनीमाथि निराधार आरोप लगाइएको पुष्टि भएको हो । 
यसैबीच पौडेलविरुद्ध भ्रामक समाचार प्रकाशन गर्ने सञ्चारमाध्यमलाई कारवाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिललाई निर्देशन दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप