चार्टर उडानको नाममा टिकट बिक्रीवितरण भएकोप्रति प्राधिकरणको ध्यानाकर्षण
बिहीबार, ०१ मङ्सिर २०७९, १८ : ३६
नेपाल नागरिक उड्डयन प्राधिकरणले चार्टर उडानको नाममा हुने ठगी बन्द गर्न आग्रह गरेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बिहीबार विज्ञप्ति जारी गर्दै वायुसेवा कम्पनीले चार्टर उडानको नाममा टिकट बिक्री वितरण गराई यात्रुहरूलाई विमानस्थलमा अलपत्र पार्ने गरेको कार्यप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेको हुन् ।
उनले वायुसेवा कम्पनीले प्राधिकरणबाट अनुमति प्राप्त नगरी चार्टर उडानको नाममा टिकट विक्री वितरण भइरहेको बताएका छन् । उडान गर्नुभन्दा पहिला प्राधिकरणबाट अनुमति प्राप्त गरेपछि मात्र टिकट बिक्री वितरण गर्न उनले आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
-
इरानलाई हतियार बिक्री नगर्न रुस र चीनलाई अमेरिकी राष्ट्रपतिको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण