बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

चार्टर उडानको नाममा टिकट बिक्रीवितरण भएकोप्रति प्राधिकरणको ध्यानाकर्षण

बिहीबार, ०१ मङ्सिर २०७९, १८ : ३६
बिहीबार, ०१ मङ्सिर २०७९

नेपाल नागरिक उड्डयन प्राधिकरणले चार्टर उडानको नाममा हुने ठगी बन्द गर्न आग्रह गरेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बिहीबार विज्ञप्ति जारी गर्दै वायुसेवा कम्पनीले चार्टर उडानको नाममा टिकट बिक्री वितरण गराई यात्रुहरूलाई विमानस्थलमा अलपत्र पार्ने गरेको कार्यप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेको हुन् ।

उनले वायुसेवा कम्पनीले प्राधिकरणबाट अनुमति प्राप्त नगरी चार्टर उडानको नाममा टिकट विक्री वितरण भइरहेको बताएका छन् । उडान गर्नुभन्दा पहिला प्राधिकरणबाट अनुमति प्राप्त गरेपछि मात्र टिकट बिक्री वितरण गर्न उनले आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप