निर्वाचनलाई विगतको त्रुटी सच्याउने अवसरको रुपमा सदुपयोग गरौं : लिङ्देन
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई केबल आवधिक निर्वाचनको रुपमा मात्रै नभइ विगतका त्रुटी सच्याउने अवसरको रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।निर्वाचन प्रचारप्रसारको मौन अवधि सुरु हुनु केही घण्टाअघि आम मतदातालाई सम्बोधन गर्दै लिङ्देनले जारी गरेको भिडियो सन्देशमा यस्तो बताएका हुन् ।
अध्यक्ष लिङ्देनले हाम्रै जीवनकालमा समृद्ध नेपाल बनाउने र नेपाल बनेको हेरेर मर्ने आमचाहना परिपूर्ति गर्ने संकल्पका साथ राप्रपा निर्वाचनमा होमिएको बताए । लिङ्देनले राष्ट्रिय राजनीतिमा राप्रपा नवीन सोच र दृष्टिकोणका साथ जनताको माझमा आएकाले आफ्नो पार्टीका प्रतिनिधिसभा र प्रदेश सभाका उमेदवारलाई मत दिइ विजयी गराउन आम मतदातालाई अपील समेत गरेका छन् ।
यसैगरी अध्यक्ष लिङ्देनले जीवनमा पहिलोपटक भोट हाल्न तम्तयार लाखौं नवयुवा र युवालाई निर्वाचनलाई देशको भाग्य र भविष्य बदल्ने निर्वाचनको रुपमा सदुपयोग गर्न पनि आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण