एकीकृत समाजवादीको आह्वान– प्रत्यक्षमा गठबन्धन र समानुपातिकमा कलम चिन्हमा मतदान गर्नुस्
बिहीबार, ०१ मङ्सिर २०७९, १८ : ०२

नेकपा एकीकृत समाजवादीले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान गरेको छ । पार्टी महासचिव डा बेदुराम भुसालले बिहीबार विज्ञप्ति जारी गर्दै प्रत्यक्षमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका हुन् ।
सो पार्टीले समानुपातिक तर्फमा चुनाव चिन्ह कलममा मतदान गर्न आग्रह गरेको छ । यही मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ गठबन्धन र समानुपातिकमा कलम चिन्हमा मतदान गर्न एकीकृत समाजवादीले आह्वान गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल