पुरानो पुस्तालाई सरापेर नयाँ पुस्ताको विकास हुन सक्दैन : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले राजनीतिक रुपमा पुरानो पुस्ताका नेतृत्वलाई सरापेर नयाँ पुवा पुस्ताको भलो नहुने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर २ द्वारा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले पुरानो पुस्तालाई सम्मान गर्दै आफ्ना योजना लिएर युवाहरू अघि बढ्नुपर्ने बताए ।
‘राजनीतिमा पुरानो पुस्तालाई सरापेर नयाँ पुस्ताको राम्रो विकास हुन सक्दैन । आफ्नो बाउ आमालाई सरापेर छोराछोरीको राम्रो विकास हुन सक्दैन । ठीक त्यसैगरी राजनीतिक रुपमा आफूलाई जन्म दिने पुस्ता वा राजनीतिक अभिभावकलाई गाली गरेर बदनाम गरेर युवाहरूको नेतृत्व विकास हुन सक्दैन । यो विषयमा हामी सबैले सचेत ढंगले सोच्नुपर्छ’ प्रचण्डले भने ।
पुराना पुस्ताका नेतालाई राजनीतिबाट विदा गर्ने ट्रोल सामाजिक सञ्जालमा चलाएपछि प्रचण्डले पुराना पुस्ताका नेतालाई समेत सम्मान गर्न आग्रह गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण