मौन अवधिमा भोज भतेर गर्न पाइँदैन : निर्वाचन आयोग
बिहीबार, ०१ मङ्सिर २०७९, १६ : ४२

निर्वाचन आयोगले मौन अवधिको समयमा भोज भतेर गर्न नपाइने बताएको छ । बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारले भोज भतेर गर्ने, पूजा लगाउने, तथा घर बाहिर मान्छे भेला गरेर जन्मदिन मनाउन नपाइने बताएका छन् ।
उनले यस्ता क्रियाकलाप भए वा नभएको बारे सुरक्षा निकाय, निर्वाचन अधिकृत लगायतलाई अनुगमन गर्न लगाएको थपलियाले बताए ।