ओलीको अहंकार र दम्भ अझै रोकिएको छैन : पूर्णबहादुर खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मंसिर ४ को चुनाव अग्रगमन र प्रतिगमन बीचको लडाइँका रुपमा रहेको बताएका छन् । उनले केपी ओलीको प्रतिगमनलाई साथ दिने कि सत्तारुढ गठबन्धनको अग्रगमनलाई साथ दिने भन्ने कुरा जनताको हातमा रहेको बताए ।
बिहीबार वीरेन्द्रनगरको घण्टाघरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्व गृहमन्त्री समेत रहेका खड्काले ओलीको अहंकार र दम्भ अझै नरोकिएको टिप्पणी गरे ।
‘ओलीले नेपाली जनताको परम्परादेखि चलिआएका रितिरिवाजलाई भत्काउने काम गरे,’ खड्काले भने, ‘त्यसलाई रोक्न र ओलीको प्रतिगमनकारी प्रवृत्तिलाई रोक्नका लागि गठबन्धन बनेको हो, सर्वसत्तावादी र अधिनायकवादी शासन गर्न खोज्ने मनसायबाट ओली अघि बढिरहेका छन्, त्यसको विरुद्धमा जनताले मतदान गर्नुपर्छ ।’
सुर्खेत १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका खड्काले संविधान निर्माणका क्रममा ओलीहरूले आफैले गरेको हस्ताक्षर विपरीत संसद विघटन गरेको बताए । तर पनि अहिले त्यो सही नै हो भन्ने तर्कका साथ जनतामा उनीहरूले मत मागिरहेको खड्काको भनाइ थियो ।
‘अहिले ओलीले जे भनेर मत माग्दै जनताको बीचमा हिँडिरहेका छन्, त्यो ओलीको दम्भ र अहंकारी प्रवृत्ति हो,’ खड्काले भने, ‘त्यसलाई सबै लागेर परास्त गर्नुपर्छ ।’
उनले संविधान रक्षा र शान्ति सम्झौतालाई पूर्णता दिनका लागि गठबन्धनको पक्षमा मतदान गर्न जनतालाई आग्रह समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
जन्म दर्ता र नागरिकतासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन पहल गर्छु : सभापति खतिवडा
-
वैद्य निकट विद्यार्थी सङ्गठनले जलायो गृहमन्त्रीको पुतला
-
चार्टर एकाउन्टेन्टस् सङ्घको अध्यक्षमा अरुण राउत
-
पक्राउ परेको २४ घण्टा नबित्दै जनप्रतिनिधिको दबाबमा छुटे वन्यजन्तु सिकारी