एमाले नेता ज्ञवालीले भ्रम छरे : सुदर्शन बराल
गुल्मी क्षेत्र नम्बर १ प्रदेश ख बाट सत्ता गठबन्धनका साझा उम्मेदवार तथा लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदीप ज्ञवालीले गर्दै नगरेका काम आफूले गरेको भन्दै जनतामा भ्रम फैलाएको आरोप लगाए । गुल्मी क्षेत्र नम्बर १ मा एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका ज्ञवालीले गर्दै नगरेका विकासका काम आफूले गरेको भनेर जनतामा भ्रम फैलाएको बताएका हुन् ।
नेता बरालले कालीगण्डकी कोरिडोरलगायतका विकास निर्माणका काम ज्ञवालीले आफ्नो पहलमा भएको भन्दै चुनावी भाषणमा समेत तीनै कुरा बोलिरहेको आरोप लगाए । उनले भने–‘ सत्य यो हो कि कालिगण्डकी कोरिडोर जनयुद्ध कालमा हामीले बम पडकाएर सुरु गरेका थियौं । तर त्यति नै काफी थिएन । कडा चट्टानका कारण त्यो योजना वर्षैांसम्म अलपत्र परेको थियो । म २०६३ सालमा अन्तरिम व्यवस्थापिका सांसदको विधेयका भएँ । लगत्तै २०६४ सालको निर्वाचनमा साबिक गुल्मी क्षेत्र नम्बर १ बाट संविधान सभा सदस्यमा निर्वाचित भएपछि कालिगण्डकी कोरिडोर नेपाली सेनालाई दिने निर्णय गराइएको हो । त्यसमा मलाई सहयोग गर्ने तत्कालीन योजना आयोगको सचिव दिपेन्द्र बहादुर क्षेत्री र सदस्य सचिव गुल्मी बाँझकटेरीका युवराज भुसाल हुनुहुन्छ । तर अहिले एमाले नेता प्रदीप ज्ञवालीले त्यसको जस आफूले लिँदै हुनुहुन्छ नि ?'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि रिहा हुने भएपछि खुसीयालीमा भाले बोकेर पुगे समर्थक (तस्बिरहरु)
-
त्रिवि सिनेट बैठक राख्न माग गर्दै तीन स्ववियु सभापतिले बुझाए ध्यानाकर्षणपत्र
-
‘तपाईंको उपचार गर्ने डाक्टर शोषित छन्’ (भिडियोसहित)
-
ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटो पत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने
-
म हिरो हैन, समाजको चरित्र हो : विजय बराल
-
चौथो मुद्दामा पनि रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश