अब चुनाव लड्दिनँ : रामवीर मानन्धर
बिहीबार, ०१ मङ्सिर २०७९, १४ : २३

काठमाडौं–७ मा एमालेबाट विद्रोह गरी बागी उम्मेदवारी दिएका पूर्वमन्त्री रामवीर मानन्धरले आगामी कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेका छन् । बिहीबार बालाजुमा पत्रकार सम्मेलन गरी स्वतन्त्र उम्मेदवारी दिएका मानन्धरले बाँकी काम पुरा गर्नका लागि यो पटक आफू घण्टाघर चुनाव चिन्ह लिएर उम्मेदवार भएको बताउँदै आगामी दिनमा कुनै पनि निर्वाचन नलड्ने बताए ।
काठमाडौं ७ मा अघिल्ला दुई संसदीय निर्वाचन जितेका मानन्धरलाई यसपटक एमालेले टिकट नदिएपछि बागी उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् । नेता मानन्धरले आफू निर्वाचित हुने निश्चित भएसँगै एमाले र माओवादीका उम्मेदवारमा छटपटी बढेको दाबी गरे । स्थानीय तह निर्वाचनमा एमाले नेतृत्वले कांग्रेससँग जोडेर आरोप लगाएकाले आफूलाई न्याय दिनका लागि कांग्रेस कार्यकर्ताले समेत साथ दिने मानन्धरको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासन लिन २०० माइल यात्रा गर्नुपर्ने अमेरिकाकै दुर्गम ठाउँमा किन बस्छिन् यी महिला ?
-
जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण
-
२०८२ सालमा कुन-कुन राशिलाई शनिको अढैया तथा साढेसाति दशा छ ? हेर्नुहोस्
-
पञ्जाबका लागि नायक बनेका चहलले बनाए नयाँ रेकर्ड
-
कूटनीतिक प्रतिनिधिलाई इलामको पर्यटकीय अनुभव
-
कोशी प्रदेश लगानी सम्मेलन : ५४ वटा परियोजना सोकेसिङ, १ खर्बको एमओयु गर्ने तयारी