सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

चुनावी लफडा, रौतहटमा झडपपछि ४ राउन्ड हवाई फायर

बिहीबार, ०१ मङ्सिर २०७९, १४ : ०९
बिहीबार, ०१ मङ्सिर २०७९

रौतहटको कटहरिया बजारमा दुई दलका कार्यकर्ताबीच भएको झडपमा ढुंगामुढा सुरुभए स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ । गएराति एक दलका कार्यकर्ता अर्का दलका कार्यकर्ता झडपमा उत्रिएपछि अवस्था नियन्त्रणमा लिन ४ राउन्ड हवाई फायर गर्नुका साथै २ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी निरीक्षक वीरेन्द्र पाश्वानले जानकारी  दिए । 

घटनामा केही स्थानीय र केहि प्रहरीलाई सामान्य चोटपटक लागेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ। एकजना उम्मेदवारले मतादातालाई वितरण गर्न  भारतबाट मदिरा ल्याइएको विषयमा विवाद भएको थियो । अर्का दलका कार्यकर्ताले नियन्त्रणमा लिन खोज्दा गएराति ९ बजे सामान्य झडप भएको थियो । सो पछि मदिरा सहित  भनिएको उक्त गाडी त्यहाँबाट भाग्न सफल भएको थियो ।

लगत्तै केही युवाले प्रहरीमाथि ढुंगामुढा गरेको प्रहरीले बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप