चुनावी लफडा, रौतहटमा झडपपछि ४ राउन्ड हवाई फायर
बिहीबार, ०१ मङ्सिर २०७९, १४ : ०९
रौतहटको कटहरिया बजारमा दुई दलका कार्यकर्ताबीच भएको झडपमा ढुंगामुढा सुरुभए स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ । गएराति एक दलका कार्यकर्ता अर्का दलका कार्यकर्ता झडपमा उत्रिएपछि अवस्था नियन्त्रणमा लिन ४ राउन्ड हवाई फायर गर्नुका साथै २ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी निरीक्षक वीरेन्द्र पाश्वानले जानकारी दिए ।
घटनामा केही स्थानीय र केहि प्रहरीलाई सामान्य चोटपटक लागेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ। एकजना उम्मेदवारले मतादातालाई वितरण गर्न भारतबाट मदिरा ल्याइएको विषयमा विवाद भएको थियो । अर्का दलका कार्यकर्ताले नियन्त्रणमा लिन खोज्दा गएराति ९ बजे सामान्य झडप भएको थियो । सो पछि मदिरा सहित भनिएको उक्त गाडी त्यहाँबाट भाग्न सफल भएको थियो ।
लगत्तै केही युवाले प्रहरीमाथि ढुंगामुढा गरेको प्रहरीले बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का