मस्कको चेतावनी – कडा परिश्रम गर वा अफिस छोड
अमेरिकी टेक व्यवसायी एलन मस्कले ट्वीटरका कर्मचारीहरूलाई इमेल लेखेर कि त मेहनत गर्न तयार हुन वा जागिर छोड्ने तयारी गर्न अल्टिमेटम दिएका छन् ।
अमेरिकी पत्रिका वासिङ्टन पोस्टले यो मुद्दामा प्रकाशित रिपोर्टमा बताए अनुसार मस्कले आफ्ना कर्मचारीलाई बिहीबारसम्म कडा परिश्रम गर्न वा जागिर छाड्ने निर्णय गर्न भनेका छन् ।
मस्कले आफ्नो मेलमा ट्वीटरलाई आगामी दिनमा सफल बनाउन निकै मेहनेत गर्नुपर्ने पनि बताएका छन्, जसको अर्थ धेरै मिहिनेतका साथ लामो समयसम्म काम गर्नुपर्नेछ । केवल उत्कृष्ट कार्यसम्पादनले मानिसहरूलाई आफ्नो पदमा रहन सर्त हुने पनि इमेलमा बताइएको छ ।
करिब ४४ बिलियन डलरमा ट्विटर खरिद गरेदेखि, मस्कले कम्पनीमा धेरै संरचनात्मक परिवर्तनहरू गरिरहेका छन् । यसमा ट्विटरको ब्लु टिक प्रमाणीकरणको लागि शुल्क लागू गर्ने नीति पनि समावेश छ ।
मस्कले आगामी दिनमा फेरि एकपटक ब्लू ट्विटर लन्च गर्न लागेका छन् । र यी परिवर्तन अघि, मस्कले ट्विटरबाट ३५ हजारभन्दा बढी कर्मचारीहरूलाई निकालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
-
दोस्रो जनआन्दोलनले गर्भे टुहुरो बनायो विजयराज पाण्डेलाई
-
राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह
-
१० बजे, १० समाचार