के ‘डिसेम्बर फल्स’ ले जोगाउला आर्यनको करिअर ?
![के ‘डिसेम्बर फल्स’ ले जोगाउला आर्यनको करिअर ?](https://rpcdn.ratopati.com/media/albums/Aaryan-Sigdel-Biography_ezkRBn3VjQ.jpg)
एक समयका हिट अभिनेता हुन् आर्यन सिग्देल । तर पछिल्लो समय उनको फिल्मी करियर त्यति सुखद बन्न सकेको छैन । एक त उनको हातमा मुस्किलले फिल्म पर्ने गरेको छ । त्यही फिल्म पनि असफल नहुँदा उनको करियर उभो लाग्न सकेको छैन ।
उनै आर्यनको अभिनय रहेको नयाँ फिल्म ‘डिसेम्बर फल्स’ पौषको १५ गतेबाट रिलिज हुँदैछ । आर्यनको करिअरमा हिट फिल्म नभएको लामो समय भैसकेको छ । त्यसैले यो फिल्म सफल बनाउन आर्यन दिनरात मिहिनेत गरिरहेका छन् । निर्माण युनिटले पनि फिल्म सफल बनाउन प्रचार प्रसारमा कुनै कसुर बाँकी नराख्ने सोच बनेको छ ।
आर्यनका लागि यो फिल्म चल्नु आवश्यक छ किनभने ओरालो लागेको करियरलाई उचाई दिने आयर्नको लागि यो एक मौका पनि हो । फिल्ममा आर्यनको जोडी अभिनेत्री उपासनासिंह ठकुरी बनेकी छन् । उपासना पछिल्लो समयकी हिट अभिनेत्री हुन् । उनले अभिनय गरेका तीनै फिल्म हिट भएका छन् ।
प्रवीण झाद्वारा निर्देशित फिल्ममा आर्यन र उपासनाको अलवा सुमन थापा रोहित, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।