शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावी अभियानकै क्रममा मन्त्रालयको प्रशासनिक काम गर्दै शिक्षामन्त्री

बिहीबार, ०१ मङ्सिर २०७९, १३ : ०२
बिहीबार, ०१ मङ्सिर २०७९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल यतिबेला चुनावी अभियानमा व्यस्त छन् । बाग्लुङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका पौडेल प्रचार प्रसारमा व्यस्त छन् ।  चुनावी प्रचार प्रसारकै क्रममा उनले मन्त्रालयको नियमित काम समेत गर्दै आएका छन् । २ वटा विश्वविद्यालय थप गरिदैंछ । ख्वप विश्वविद्यालय र नेपाल विश्वविद्यालयको विधेयकका लागि सदनमा पठाउनुपर्ने भएकाले कागजातमा हस्ताक्षर गरेका थिए । 

नयाँ खुल्न लागेका दुईवटा विश्वविद्यालय स्थापनाका लागि ऐन बन्ने प्रक्रियामा छ । त्यसका लागि विधेयकहरू राष्ट्रियसभाबाट उत्पत्ति गर्ने सरकारको तयारी छ ।  राष्ट्रियसभामा विधेयक पठाउनै पर्ने भएकाले मन्त्रीले अन्तिम स्वीकृति गर्नुपर्ने थियो । मन्त्री चुनावी कार्यक्रममा व्यस्त रहेपछि मन्त्रालयका कर्मचारी नै बाग्लुङ गएका हुन् । 

‘चुनावमा व्यस्त हुनुहुन्थ्यो । काम नरोकियोस् भनेर कर्मचारीलाई बोलाएर हस्ताक्षर गरेर पठाउनुभएको हो ।’ मन्त्रीका प्रेस सल्लाहकार विमल खड्काले भने ।  चुनावी अभियानकै रहँदा पनि बेला बेला काठमाडौं गएर मन्त्रालयको नियमित काम गर्दै आएका छन् । मन्त्रीको आवश्यकता पर्ने बाहेकका काम मन्त्रालयका अधिकारीहरूले गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप